त्यसपछि पत्रुसले भने, “हननिया, कसरी शैतानले तिम्रो हृदय भरिदियो र तिमीले पवित्र आत्मासँग झूट बोल्यौ र जग्गा बिक्रीबाट पाएको रकममध्येको केही भाग कसरी राख्न सक्यौ? बिक्री गर्नुभन्दा पहिले के यो तिम्रो आफ्नै थिएन र? बिक्री गरिसकेपछि त्यसबाट प्राप्त रकम पनि तिम्रै अधीनमा थिएन र? यस्तो काम गर्ने विचार तिम्रो मनमा कसरी उत्पन्न भयो? तिमीले मानिसहरूसँग होइन, तर परमेश्वरसँग झूट बोल्यौ।”
यो कुरो सुन्ने बित्तिकै, हननिया भुइँमा पछारियो र मर्यो। यस घटना सुन्ने सबैजनाको मनमा ठूलो डर पस्यो।