1
2 राजाहरू 5:1
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
नामान अरामका राजाको फौजका सेनापति थिए। तिनी आफ्ना मालिकको दृष्टिमा एक महान् र अति इज्जतदार व्यक्ति थिए। किनकि तिनीद्वारा याहवेहले अरामलाई विजय दिनुभएको थियो। तिनी वीर योद्धा थिए, तर तिनलाई कुष्ठरोग लागेको थियो।
तुलना
अन्वेषण गर्नुहोस् 2 राजाहरू 5:1
2
2 राजाहरू 5:10
एलीशाले यसो भनेर तिनीकहाँ एक जना दूत पठाए, “जानुहोस्, यर्दनमा सात पल्ट डुबुल्की मार्नुहोस्, र तपाईंको छाला निको हुनेछ, र तपाईं शुद्ध हुनुहुनेछ।”
अन्वेषण गर्नुहोस् 2 राजाहरू 5:10
3
2 राजाहरू 5:14
यसकारण तिनी तल ओर्लेर परमेश्वरका जनले तिनलाई भनेझैँ यर्दन नदीमा सात पल्ट डुबुल्की मारे। अनि उनको मासु एउटा जवान बालकको जस्तै स्वस्थ र शुद्ध भयो।
अन्वेषण गर्नुहोस् 2 राजाहरू 5:14
4
2 राजाहरू 5:11
तर नामान रिसाएर गए, र तिनले भने, “मैले त तिनी बाहिर निस्केर मकहाँ आएर खडा होलान्। अनि आफ्नो परमेश्वरको नाम पुकारेर त्यस ठाउँमा आफ्नो हात राखेर मलाई मेरो कुष्ठरोगबाट निको पार्लान् भनी सोचेको थिएँ।
अन्वेषण गर्नुहोस् 2 राजाहरू 5:11
5
2 राजाहरू 5:13
नामानका सेवकहरूले तिनीकहाँ गएर भने, “मेरा पिता, यदि अगमवक्ताले तपाईंलाई कुनै महान् काम गर्न लगाएका भए के तपाईंले त्यो गर्नुहुनेथिएन र? तिनले, ‘नदीमा डुबुल्की मार्नुहोस् र शुद्ध हुनुहोस्’ मात्र भनेका छन्, झन् तपाईंले किन नगर्ने त?”
अन्वेषण गर्नुहोस् 2 राजाहरू 5:13
6
2 राजाहरू 5:3
त्यसले आफ्नी मालिक्नीलाई भनी, “यदि मेरो मालिकले सामरियामा बस्नुहुने अगमवक्तालाई भेट्नुभयो भने उहाँले तिनको कुष्ठरोग निको पारिदिनुहुनेथियो!”
अन्वेषण गर्नुहोस् 2 राजाहरू 5:3
होम
बाइबल
योजनाहरू
भिडियोहरू