1
2 राजाहरू 20:5
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
“फर्किएर मेरा मानिसहरूका अगुवा हिजकियालाई भन्, ‘याहवेह, तेरा पुर्खा दावीदका परमेश्वर यसो भन्नुहुन्छ: मैले तेरो प्रार्थना सुनेको छु र तेरो आँसु देखेको छु; म तँलाई निको पार्नेछु। आजको तेस्रो दिन तँ याहवेहको मन्दिरमा उक्लेर जानेछस्।
तुलना
अन्वेषण गर्नुहोस् 2 राजाहरू 20:5
2
2 राजाहरू 20:3
“हे याहवेह, म तपाईंको सामु कसरी विश्वासयोग्यतामा र सम्पूर्ण हृदयको भक्तिमा हिँडेको छु, र मैले तपाईंको दृष्टिमा जे ठिक छ, त्यही गरेको कुरालाई सम्झनुहोस्।” तब हिजकिया धुरुधुरु रोए।
अन्वेषण गर्नुहोस् 2 राजाहरू 20:3
3
2 राजाहरू 20:1
ती दिनहरूमा हिजकिया बिरामी भएर मृत्युको मुखैमा पुगे। आमोजका छोरा अगमवक्ता यशैयाले तिनीकहाँ गएर भने, “याहवेह यसो भन्नुहुन्छ: आफ्ना घरानालाई ठिक राख्, किनकि तँ मर्नेछस्; तँ निको हुनेछैनस्।”
अन्वेषण गर्नुहोस् 2 राजाहरू 20:1
4
2 राजाहरू 20:6
म तेरो जीवनमा पन्ध्र वर्ष थपिदिनेछु। म तँलाई र यस सहरलाई अश्शूरका राजाको हातबाट छुटाउनेछु। म यस सहरलाई आफ्नै खातिर र मेरो सेवक दावीदको खातिर रक्षा गर्नेछु।’ ”
अन्वेषण गर्नुहोस् 2 राजाहरू 20:6
होम
बाइबल
योजनाहरू
भिडियोहरू