तिनीहरूले नाच्दै यसरी गीत गाए:
“शाऊलले हजारौँ-हजारलाई मारे,
तर दावीदले त लाखौँ-लाखलाई मारे।”
त्यो कुराले शाऊल ज्यादै रिसाए। त्यस गीतले तिनलाई साह्रै दुःखित तुल्यायो। तिनले सोचे, “तिनीहरूले दावीदलाई लाखौँको श्रेय दिए, तर मलाईचाहिँ हजारौँको मात्र श्रेय दिए। अब राज्यबाहेक उसले अरू के प्राप्त गर्नु बाँकी रह्यो र।”