1
1 कोरिन्थी 13:4-5
नेपाली समकालीन संस्करण
प्रेम धैर्य हुन्छ, प्रेम दयालु हुन्छ। प्रेमले डाह गर्दैन, प्रेमले शेखी गर्दैन, प्रेमले घमण्ड गर्दैन। प्रेमले अरूलाई अनादर गर्दैन, प्रेम स्वार्थी हुँदैन, प्रेमले चाँडै रिस गर्दैन, प्रेमले खराबीको हिसाब राख्दैन।
तुलना
अन्वेषण गर्नुहोस् 1 कोरिन्थी 13:4-5
2
1 कोरिन्थी 13:7
प्रेमले सधैं रक्षा गर्छ, सधैं भरोसा गर्छ, सधैं आशा राख्छ र सधैं स्थिर रहन्छ।
अन्वेषण गर्नुहोस् 1 कोरिन्थी 13:7
3
1 कोरिन्थी 13:6
प्रेम दुष्टतामा खुशी हुँदैन, तर सत्यतासँग रमाउँछ।
अन्वेषण गर्नुहोस् 1 कोरिन्थी 13:6
4
1 कोरिन्थी 13:13
अनि अब यी तीन कुराहरू रहन्छन्: विश्वास, आशा र प्रेम; तर यी तीनमध्ये प्रेम नै सर्वोत्तम हो।
अन्वेषण गर्नुहोस् 1 कोरिन्थी 13:13
5
1 कोरिन्थी 13:8
प्रेमको अन्त कहिल्यै हुँदैन। तर चाहे अगमवाणीहरू होऊन्, ती हटाइनेछन्; चाहे भाषाहरू होऊन्, ती अन्त्य हुनेछन्; चाहे ज्ञान होस्, त्यो हटाइनेछ
अन्वेषण गर्नुहोस् 1 कोरिन्थी 13:8
6
1 कोरिन्थी 13:1
यदि मैले मानिसहरू र स्वर्गदूतहरूका भाषामा बोलें, तर मसँग प्रेम छैन भने म हल्ला गर्ने घण्टा अथवा झ्याइँ-झ्याइँ गर्ने झ्याम्टा मात्र हुँ।
अन्वेषण गर्नुहोस् 1 कोरिन्थी 13:1
7
1 कोरिन्थी 13:2
यदि मसँग अगमवाणीको वरदान छ, र परमेश्वरका रहस्यहरू र ज्ञानहरूको गहिराइ बुझ्न सके तापनि, र मसँग पहाडहरू हटाउनेसम्मको विश्वास छ, तर मसँग प्रेम छैन भने म केही पनि होइनँ।
अन्वेषण गर्नुहोस् 1 कोरिन्थी 13:2
8
1 कोरिन्थी 13:3
यदि मैले आफ्ना सबै सम्पत्ति गरिबहरूलाई दिएँ, र आफ्नो शरीरसमेत जलाउनलाई दिएँ भने म गर्व गर्न सक्छु, तर मसँग प्रेम छैन भने मेरो लागि केही पनि लाभ हुँदैन।
अन्वेषण गर्नुहोस् 1 कोरिन्थी 13:3
9
1 कोरिन्थी 13:11
जब म बालक थिएँ, म बालकले जस्तो बोल्थें, म बालकले जस्तो सोच्थें, र बालकले जस्तै तर्क गर्थें। तर जब म जवान भएँ, मैले बालकका जस्ता व्यवहार छोडिदिएँ।
अन्वेषण गर्नुहोस् 1 कोरिन्थी 13:11
होम
बाइबल
योजनाहरू
भिडियोहरू