1
रोमीहरूलाई पावलको पत्र 12:2
पवित्र बाइबल
सांसारिक स्तरमा आफूलाई परिवर्तन नगर। तर विचारको नयाँ बाटो अप्नाएर आफूलाई आन्तरिक रूपले परिवर्तन गर। अनि त्यसपछि तिमीहरू राम्रो के हो, उहाँलाई के मन पर्छ र सम्पूर्णता के हो, आफैं परमेश्वरको इच्छा पत्तो लाउन समर्थ हुने छौ।
तुलना
अन्वेषण गर्नुहोस् रोमीहरूलाई पावलको पत्र 12:2
2
रोमीहरूलाई पावलको पत्र 12:1
यसैले दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, केही गर भनेर म बिन्ती गर्दछु। परमेश्वरले हामीलाई ठूलो दया देखाउनुभयो। यसकारण परमेश्वरलाई प्रसन्न गर्दै आफ्नो जीवनलाई जीवित बलिदानको रूपमा अर्पण गर। यही तिमीहरूको आत्मिक उपासना हो।
अन्वेषण गर्नुहोस् रोमीहरूलाई पावलको पत्र 12:1
3
रोमीहरूलाई पावलको पत्र 12:12
खुशी होऊ किनभने तिमीहरूसँग आशा छ। दुःखमा धैर्य धारण गर। सधैँ प्रार्थना गर।
अन्वेषण गर्नुहोस् रोमीहरूलाई पावलको पत्र 12:12
4
रोमीहरूलाई पावलको पत्र 12:21
दुष्टले तिमीलाई नजितोस्, तर भलाईले दुष्टलाई जित।
अन्वेषण गर्नुहोस् रोमीहरूलाई पावलको पत्र 12:21
5
रोमीहरूलाई पावलको पत्र 12:10
एका-अर्कामा दाज्यू-भाइ, दिदी-बहिनीहरूलाई जस्तो प्रेम गर। तिमी आफूलाई जस्तो चाहन्छौ आफ्ना दाज्यू-भाइ, दिदी-बहिनीहरूलाई त्यो भन्दा अझ बढता सम्मान देऊ।
अन्वेषण गर्नुहोस् रोमीहरूलाई पावलको पत्र 12:10
6
रोमीहरूलाई पावलको पत्र 12:9
तिमीहरूको प्रेम शूद्ध हुनुपर्छ। ती कुराहरूलाई घृणा गर जुन कुरामा दुष्ट्याइँ छ। असल कुराहरू मात्र गर।
अन्वेषण गर्नुहोस् रोमीहरूलाई पावलको पत्र 12:9
7
रोमीहरूलाई पावलको पत्र 12:18
सबैसँग शान्तिसित बस्ने चेष्टा गर।
अन्वेषण गर्नुहोस् रोमीहरूलाई पावलको पत्र 12:18
8
रोमीहरूलाई पावलको पत्र 12:19
हे मेरा मित्रहरू, तिमीहरूलाई नराम्रो गर्नेलाई दण्ड दिने कोशिश नगर। परमेश्वरलाई पर्ख, उहाँले क्रोधको बेलामा तिनीहरूलाई दण्ड दिनुहुनेछ। धर्मशास्त्रमा परमप्रभु भन्नुहुन्छ, “दण्ड़ दिने काम मेरो हो, म साटो फेर्ने छु।”
अन्वेषण गर्नुहोस् रोमीहरूलाई पावलको पत्र 12:19
9
रोमीहरूलाई पावलको पत्र 12:11
परमप्रभुको काममा अल्छी नहोऊ। आत्मिक रूपले इर्ष्यालु भएर उहाँको सेवा गर।
अन्वेषण गर्नुहोस् रोमीहरूलाई पावलको पत्र 12:11
10
रोमीहरूलाई पावलको पत्र 12:3
परमेश्वरले मलाई अनुग्रहको वरदान दिनुभएकोछ, म तिमीहरू सबैलाई भन्छु आफू जे छौ त्यो भन्दा बढता आफूलाई नसम्झौं। परमेश्वरले दिनुभएको विश्वासको आधारमा तिमी वास्तवमा बाँचिरहेकाछौ त्यो स्वयं हेर।
अन्वेषण गर्नुहोस् रोमीहरूलाई पावलको पत्र 12:3
11
रोमीहरूलाई पावलको पत्र 12:17
यदि तिमीलाई कसैले चोट पुर्याँउछ भने तिमीले त्यसको बद्ला नलेऊ। सबै मानिसलाई राम्रो गर्ने प्रयास गर।
अन्वेषण गर्नुहोस् रोमीहरूलाई पावलको पत्र 12:17
12
रोमीहरूलाई पावलको पत्र 12:16
परस्परमा शान्तिपूर्वक मिलेर बस। अंहकार नगर। निम्न पदका मानिसहरूसित मित्रता राख। अभिमानी नहोऊ।
अन्वेषण गर्नुहोस् रोमीहरूलाई पावलको पत्र 12:16
13
रोमीहरूलाई पावलको पत्र 12:20
यसर्थ तिमीहरूले यसो गर्नुः “यदि तिम्रो शत्रु भोको छ भने, उसलाई खुवाऊ। यदि तिम्रो शत्रु प्यासा छ भने, उसलाई पानी देऊ। यसप्रकारले तिमीले ती मानिसहरूलाई लज्जित पार्नेछौ।”
अन्वेषण गर्नुहोस् रोमीहरूलाई पावलको पत्र 12:20
14
रोमीहरूलाई पावलको पत्र 12:14-15
ती जसले तिमीहरूलाई नराम्रो गर्छ उसित मीठो वचन बोल। तर तिनीहरूलाई नसराप। जब अरूहरू खुशी हुँदछन् तिमी पनि तिनीहरूसँगै खुशी हुनुपर्छ। अनि जब अरूहरू रून्छन् तिमीपनि तिनीहरूसँग रोऊ।
अन्वेषण गर्नुहोस् रोमीहरूलाई पावलको पत्र 12:14-15
15
रोमीहरूलाई पावलको पत्र 12:13
परमेश्वरका मानिसहरूले सहायता खोजेको देखे आफूमा भएको कुरो बाँड र सहायता देऊ। अनि मानिसहरूलाई आफ्नो घरमा स्वागत गर।
अन्वेषण गर्नुहोस् रोमीहरूलाई पावलको पत्र 12:13
16
रोमीहरूलाई पावलको पत्र 12:4-5
हामी प्रत्येकको एउटै शरीर छ अनि यो धेरै भागमा बाँडिएको छ। यी भागहरूको एउटै काम हुँदैन। उसै गरी, हामी धेरै मानिसहरू छौं, तर ख्रीष्टमा हामी एक शरीर हौं। अनि प्रत्येक अंग अरू भागहरूका हुन्।
अन्वेषण गर्नुहोस् रोमीहरूलाई पावलको पत्र 12:4-5
होम
बाइबल
योजनाहरू
भिडियोहरू