1
यूहन्नालाई भएको प्रकाश 3:20
पवित्र बाइबल
म यहाँ छु! म ढोकामा उभिन्छु अनि ढक्ढकाउँछु। यदि कुनै मानिसले मेरो स्वर सुन्छ अनि ढोका खोल्छ भने म भित्र पस्नेछु अनि म तिनीसँग भोजन गर्नेछु। अनि उसले मसित भोजन गर्नेछ।
तुलना
अन्वेषण गर्नुहोस् यूहन्नालाई भएको प्रकाश 3:20
2
यूहन्नालाई भएको प्रकाश 3:15-16
“तिमीहरूले जे गर्छों म जान्दछु। तिमीहरू न तातो छौ न चिसो। म इच्छा गर्छु, तिमीहरू न तातो होऊ न चिसो होऊ। तर तिमीहरू केवल मन-तातो छौ, न तातो न चिसो। यसर्थ मेरो मुखबाट म तिमीहरूलाई उगेल्न तयार छु।
अन्वेषण गर्नुहोस् यूहन्नालाई भएको प्रकाश 3:15-16
3
यूहन्नालाई भएको प्रकाश 3:19
“जसलाई म प्रेम गर्छु म सच्याउँछु अनि अनुशासित पार्छु तिनीहरूलाई यसर्थ सकेसम्म चेष्टा गर। तिमीहरूको हृदय अनि जीवनलाई परिवर्तन गर।
अन्वेषण गर्नुहोस् यूहन्नालाई भएको प्रकाश 3:19
4
यूहन्नालाई भएको प्रकाश 3:8
“मलाई तिमीहरूले गरेका कुराहरू थाहा छन्। मैले तिमीहरू समक्ष ढोका खुला राखेको छु। कुनै व्यक्तिले त्यासलाई बन्द गर्न सक्तैन। तिमीहरूको शक्ति सीमित छ भनी मलाई थाहा छ। तिमीहरूले मेरो उपदेश अनुशरण गरेका छौ। मेरो नाउँ उच्चारण गर्न तिमीहरू डराएका थिएनौ।
अन्वेषण गर्नुहोस् यूहन्नालाई भएको प्रकाश 3:8
5
यूहन्नालाई भएको प्रकाश 3:21
“म हरेक मानिसलाई, जसले विजय प्राप्त गर्छ, मेरो सिंहासनमा मसित बस्न अधिकार दिनेछु। त्यसरी मैले विजय प्राप्त गरें अनि म उनीसित उनको सिंहासनमा बसें।
अन्वेषण गर्नुहोस् यूहन्नालाई भएको प्रकाश 3:21
6
यूहन्नालाई भएको प्रकाश 3:17
तिमीहरू दावी गर्छों तिमीहरू धनवान छौ। तिमीहरू सोच्छौ तिमीहरू सम्पत्तिवान भयौ अनि केही कुरा चाहिंदैन। तर तिमीहरू जान्दैनौ कि तिमीहरू वास्तवमा भयानक, दयनीय, गरीब, अन्धा अनि नग्न छौ।
अन्वेषण गर्नुहोस् यूहन्नालाई भएको प्रकाश 3:17
7
यूहन्नालाई भएको प्रकाश 3:10
तिमीहरूले धैर्यपूर्वक मेरो आदेश अनुशरण गर्यौ। यसर्थ म तिमीहरूलाई दुःख कष्टको समयमा रक्षा गर्नेछु जो सम्पूर्ण संसारको निम्ति आउनु हुनेछ। यो दुःख कष्टले पृथ्वीमा बस्ने मानिसहरूलाई जाँच गर्नेछ।
अन्वेषण गर्नुहोस् यूहन्नालाई भएको प्रकाश 3:10
8
यूहन्नालाई भएको प्रकाश 3:11
“म चाँडै आउँदैछु। तिमीहरू अहिले कै स्थितिमा बस। तब कुनै पनि व्यक्तिले तिमीहरूको मुकुट खोस्ने छैन।
अन्वेषण गर्नुहोस् यूहन्नालाई भएको प्रकाश 3:11
9
यूहन्नालाई भएको प्रकाश 3:2
उठ! जब तिमीहरूसित केही शेष छ, सम्पूर्ण रुपले मर्न भन्दा स्वयंलाई बलियो तुल्याऊ। मैले यो थाहा पाएँ कि तिमीहरूका कार्यहरू परमेश्वरले इच्छा गर्नुभए झैं भएनन्।
अन्वेषण गर्नुहोस् यूहन्नालाई भएको प्रकाश 3:2
होम
बाइबल
योजनाहरू
भिडियोहरू