अगमवक्ता भन्छन्, “हे इस्राएल यो कुराहरूलाई बुझि राख, दण्ड दिने समय आएको छ। जुन नराम्रो कामहरू तिमीले गरेको छौ त्यसको भोग गर्ने समय आएको छ।” किनकि इस्राएलीहरू भन्छन्, “अगमवक्ता मूर्ख छ र परमेश्वरको आत्मा भएको मानिस चाँहि बौलाह सरह छ।” अगमवक्ता भन्छन्, “तिम्रो नराम्रो कामको लागि तिमीलाई दण्ड दिइनेछ। तिम्रो धृणित कामको निम्ति तिमीलाई दण्ड दिइनेछ।”