1
हिब्रूहरूको निम्ति पत्र 9:28
पवित्र बाइबल
यसर्थ धेरैका पापहरू हटाउन, ख्रीष्टले एकै पल्ट आफूलाई बलि दिनुभयो। ख्रीष्ट दोस्रो पटक आउनुहुँदैछ तर मानिसको पापको निम्ति होइन, उहाँ दोस्रो पटक तिनीहरूको मुक्तिको निम्ति आउनुहुनेछ जसले, उहाँलाई पर्खिरहेका छन्।
तुलना
अन्वेषण गर्नुहोस् हिब्रूहरूको निम्ति पत्र 9:28
2
हिब्रूहरूको निम्ति पत्र 9:14
यसकारण ख्रीष्टको रगतले यी कुराहरू भन्दा धेरै कुरा गर्नसक्छ। ख्रीष्टले आफैंलाई अनन्त आत्माद्वारा परमेश्वरप्रति पूर्ण बलि चढाउनु भयो। उहाँको रगतले हाम्रो ह्रदयलाई दुष्कर्महरूदेखि शुद्ध बनाउँछ जसमा कि हामीले जीवित परमेश्वरलाई आराधना गर्न सक्नेछौं।
अन्वेषण गर्नुहोस् हिब्रूहरूको निम्ति पत्र 9:14
3
हिब्रूहरूको निम्ति पत्र 9:27
सबैले एकपल्ट मर्नैपर्छ। मरेपछि उसको न्याय हुन्छ।
अन्वेषण गर्नुहोस् हिब्रूहरूको निम्ति पत्र 9:27
4
हिब्रूहरूको निम्ति पत्र 9:22
व्यवस्थाले भन्छ प्राय सबै जसो चीजहरू रगतले शुद्ध पार्छ। अनि रगत बिना पाप क्षमा हुन सक्दैन।
अन्वेषण गर्नुहोस् हिब्रूहरूको निम्ति पत्र 9:22
5
हिब्रूहरूको निम्ति पत्र 9:15
ख्रीष्टले परमेश्वरबाट आफ्ना मानिसहरूलाई एउटा नयाँ करार ल्याउनु हुन्छ, जसमा कि परमेश्वरले बोलाउनुभएका मानिसहरूले उहाँका वचन अनुसारका सबै कुरा पाउन सकुन। परमेश्वरका मानिसहरूले ती कुराहरू सधैँको लागि राख्न सक्छन्। पहिलो करारमा रहेर मानिसहरूले गरेको पापको मोचनको निम्ति ख्रीष्टले आफ्नो प्राण दिनुभयो र त्यसकारण परमेश्वरका मानिसहरूले अब ती कुराहरू पाउनसक्छन्। मानिसहरूलाई ती पापहरूबाट मुक्त गर्न, ख्रीष्टले आफ्नो प्राण दिनुभयो।
अन्वेषण गर्नुहोस् हिब्रूहरूको निम्ति पत्र 9:15
होम
बाइबल
योजनाहरू
भिडियोहरू