1
उपदेशकको पुस्तक 4:9-10
पवित्र बाइबल
एक जना भन्दा दुइजना मानिस राम्रो हो। जब दुइ जना मिलेरसँगै काम गर्छन् भने जुन काम गर्छन् त्यसमा अधिक लाभ पाउँदछन्। यदि एक जना लडे अर्काले उठाउँदछ। तर कसैको लागि पनि एक्लो रहन राम्रो होइन, किनकि जब त्यो लड्छ उसलाई सहायता गर्ने त्यहाँ कोही अर्को हुने छैन।
तुलना
अन्वेषण गर्नुहोस् उपदेशकको पुस्तक 4:9-10
2
उपदेशकको पुस्तक 4:12
एक्लो मानिसलाई शत्रुले हराउँन सक्छ, तर त्यही शत्रुले दुइजनालाई हराउँन सक्दैन, अनि तीन जनाको शक्ति त अझै धेरै हुँदछ। ती एउटा यस्तो डोरी जस्तो हुन्छन्, जो तीन पोयाले बाटिएको हुन्छ। त्यसलाई चुँडाउन कठिन पर्छ।
अन्वेषण गर्नुहोस् उपदेशकको पुस्तक 4:12
3
उपदेशकको पुस्तक 4:11
यदि दुइजना एक साथ सुते त्यहाँ तातो हुनेछ, तर एक्लो सुत्ने मानिस तातिंदैन।
अन्वेषण गर्नुहोस् उपदेशकको पुस्तक 4:11
4
उपदेशकको पुस्तक 4:6
धेरै भन्दा धेरै पाउँन हावाको पछि झगडा़ गर्दै भाग्नु भन्दा तिम्रो हातमा जे छ यसमा सन्तोषजनक भएर बस्नु असल हो।
अन्वेषण गर्नुहोस् उपदेशकको पुस्तक 4:6
5
उपदेशकको पुस्तक 4:4
मैले फेरि सोचें, “मानिसहरू यति कठोर परिश्रम किन गर्छन्।” मैले बुझें मानिस सफल हुनालाई र अरूहरू भन्दा ठूलो बन्नालाई परिश्रम गरिरहन्छन्। यस्तो कोशिश यसकारण गरिन्छ कि मानिस इर्ष्यालु हुन्छन्। आफ्नोमा जति छ, अरूकोमा त्यो भन्दा धेर नहोस् भन्ने उनीहरू चाँहन्छन्। यी सब अर्थहीन कुराहरू हुन्। यो हावालाई पक्रनु जस्तो हो।
अन्वेषण गर्नुहोस् उपदेशकको पुस्तक 4:4
6
उपदेशकको पुस्तक 4:13
एक जना गरीब तर बुद्धिमान युवा शासक, एउटा बृद्ध तथा मूर्ख राजाभन्दा असल हुन्छ। त्यो बृद्ध राजाले चेताउनीहरूमा ध्यानै दिंदैन।
अन्वेषण गर्नुहोस् उपदेशकको पुस्तक 4:13
होम
बाइबल
योजनाहरू
भिडियोहरू