1
प्रेरितहरूका काम 25:6-7
पवित्र बाइबल
फेस्तस यरूशलेममा आठ-दश दिन भन्दा धेरै बसेनन्। त्यसपछि उनी सिजरिया फर्केर गए। अर्को दिन फेस्तसले सिपाहीहरूलाई पावललाई उहाँकहाँ ल्याउनु अह्राए। फेस्तस न्याय-आसनमा बसे। पावल न्यायालायमा आए। यरूशलेमबाट आएका यहूदीहरू उनको वरिपरि उभिए। यहूदीहरूले पावलको विरोधमा निकै दोष देखाई धेरै अनि गम्भीर आरोपहरू ल्याए। तर तिनीहरूले त्यसको प्रमाण दिन सकेनन्।
तुलना
अन्वेषण गर्नुहोस् प्रेरितहरूका काम 25:6-7
2
प्रेरितहरूका काम 25:8
तब पावलले आफ्नो बचाऊ पक्षमा भने, “मैले यहूदीहरूको कानुन, मन्दिर अथवा सिजरको विरुद्ध कुनै काम गरेको छैन।”
अन्वेषण गर्नुहोस् प्रेरितहरूका काम 25:8
होम
बाइबल
योजनाहरू
भिडियोहरू