परमेश्वर र हाम्रा प्रभु येशू ख्रीष्टका पितालाई धन्यवाद। परमेश्वर पिता हुनुहुन्छ, जो दयामय हुनु हुन्छ। उहाँ पूर्ण सुखमय परमेश्वर हुनुहुन्छ। जहिले-जहिले हामीलाई दुःख आइ पर्छ, उहाँले हामीलाई सान्त्वना दिनुहुन्छ ताकि हामीले पनि अरूलाई दुःख परेको बेला सान्त्वना दिन सकौं। हामी उनीहरूलाई त्यही सान्त्वना दिन सक्छौं जुन परमेश्वरले हामीलाई दिनुभयो।