1
तिमोथीलाईर् पावलको पहिलो पत्र 4:12
पवित्र बाइबल
तिमी जवान छौ तर तिम्रो उमेरको कारणले तिमीलाई हेला गर्न कसैलाई नदेऊ। तिनीहरू कसरी जिउनु पर्छ भनि विश्वासीहरूको निम्ति एउटा उदाहरण बन्ने कोशिश गर। तिनीहरूलाई आफ्नो भनाई, आफ्नो रहन-सहन, आफ्नो प्रेम, आफ्नो विश्वास अनि आफ्नो पवित्र जीवनद्वारा देखाऊ।
तुलना
अन्वेषण गर्नुहोस् तिमोथीलाईर् पावलको पहिलो पत्र 4:12
2
तिमोथीलाईर् पावलको पहिलो पत्र 4:8
शारीरिक व्यायामले तिमीलाई केही मात्रामा सहायता गर्नेछ। तर परमेश्वर प्रति अर्पण गरेको सेवाले तिमीलाई हरेक कुरामा सहायता गर्नेछ। परमेश्वरको सेवामा यो जीवन अनि अर्को जीवनको पनि आशीर्वादको भाकल निहित हुन्छ।
अन्वेषण गर्नुहोस् तिमोथीलाईर् पावलको पहिलो पत्र 4:8
3
तिमोथीलाईर् पावलको पहिलो पत्र 4:16
आफ्नो जीवनको र आफ्नो शिक्षणको ध्यान राख। उचित रूपले जीवन जिउँदै अनि शिक्षा दिंदै जाऊ। तब तिमीले आफैंलाई अनि तिम्रा शिक्षा सुन्नेहरूलाई बचाउनेछौ।
अन्वेषण गर्नुहोस् तिमोथीलाईर् पावलको पहिलो पत्र 4:16
4
तिमोथीलाईर् पावलको पहिलो पत्र 4:1
पवित्र आत्मा स्पष्टसित भन्नु हुन्छ कि भविष्यमा कति मानिसहरू सत्य शिक्षा प्रति विश्वास गर्न छाड्नेछन्। तिनीहरूले धोखे बाज आत्माहरूलाई मान्नेछन् अनि भूतप्रेतको शिक्षाहरूको अनुशरण गर्नेछन्।
अन्वेषण गर्नुहोस् तिमोथीलाईर् पावलको पहिलो पत्र 4:1
5
तिमोथीलाईर् पावलको पहिलो पत्र 4:7
मानिसहरू यस्ता मूर्ख कथाहरू सुनाउँछन् जसको परमेश्वरको सत्यतासित कुनै सम्बन्ध छैन। त्यस्ता कथाहरूका शिक्षा पालन नगर। तर तिमीले स्वयंलाई इमान्दारीपूर्वक परमेश्वरको सेवा गर्न सिकाऊ।
अन्वेषण गर्नुहोस् तिमोथीलाईर् पावलको पहिलो पत्र 4:7
6
तिमोथीलाईर् पावलको पहिलो पत्र 4:13
म नआउन्जेल मानिसहरूलाई धर्मशास्त्र पढेर सुनाउँदै गर्नु, तिनीहरूलाई दृढ बनाउँदै गर्नु शिक्षा दिंदै गर्नु।
अन्वेषण गर्नुहोस् तिमोथीलाईर् पावलको पहिलो पत्र 4:13
होम
बाइबल
योजनाहरू
भिडियोहरू