शाऊलको मृत्यु भयो किनभने तिनी परमप्रभु प्रति विश्वासनीय भएनन्। शाऊलले परमप्रभुका वचन पालन गरेनन्। शाऊलले परमप्रभुलाई सोध्नुको सट्टा एउटा तन्त्र-मन्त्र गर्नेकहाँ गए अनि तिनको सल्लाह मागे। तिनले परमप्रभुको सल्लाह लिएनन्। त्यसै कारणले परमप्रभुले शाऊललाई मारिदिनु भयो अनि राज्य यिशैको छोरा दाऊदलाई दिनु भयो।