1
प्रकाश 3:20
सरल नेपाली पवित्र बाइबल
हेर! म ढोकामा उभिएर ढकढक्याउँदै छु। कसैले मेरो सोर सुनेर ढोका खोलिदियो भने म भित्र आउनेछु र ऊसित भोज खानेछु र उसले मसित खानेछ।
तुलना
अन्वेषण गर्नुहोस् प्रकाश 3:20
2
प्रकाश 3:15-16
तिमीहरूको काम म जान्दछु। तिमी नता तातो न चिसो छौ। तिमीहरू चिसो कि तातो भए त हुन्थ्यो। तर तिमीहरू नता तातो न चिसो तर मन तातो भएको हुनाले नै मेरो मुखबाट तिमीहरूलाई थुकी फ्याँकिदिनेछु।
अन्वेषण गर्नुहोस् प्रकाश 3:15-16
3
प्रकाश 3:19
जसलाई म प्यार गर्दछु, उसलाई म हप्काउँछु र सजाय दिन्छु। यसैकारण पाप छोडी मतर्फ फर्क र उत्साहित बन।
अन्वेषण गर्नुहोस् प्रकाश 3:19
4
प्रकाश 3:8
तिम्रो काम मलाई थाहा छ। मैले तिम्रो अगाडि ढोका राखिदिएको छु। त्यसलाई कसैले बन्द गर्न सक्दैन। दुर्बल भए तापनि तिमीले मेरा सबै कुरा मानेका छौ र मेरो नाउँ अस्वीकार गरेका छैनौ।
अन्वेषण गर्नुहोस् प्रकाश 3:8
5
प्रकाश 3:21
जसले जित्छ, उसलाई मसित मेरो सिंहासनमा बस्ने हक दिनेछु, जसरी मैले जितेकाले मेरा पितासित उहाँको सिंहासनमा बस्न पाएको छु।
अन्वेषण गर्नुहोस् प्रकाश 3:21
6
प्रकाश 3:17
म धनी छु र मलाई केही कुराको कमी छैन भनेर तिमी भन्छौ र तिमी कति दु:खी र दयालाग्दो कङ्गाल, अन्धा र नाङ्गा छौ भन्ने तिमीलाई थाहा छैन।
अन्वेषण गर्नुहोस् प्रकाश 3:17
7
प्रकाश 3:10
पृथ्वीका सबै जातिहरूलाई जाँच्न यस संसारमा हुन आउने चर्को कष्टबाट म तिमीहरूलाई जोगाउनेछु किनभने तिमीहरूले धेरै कुरा सहेर मेरो आज्ञा मानेका छौ।
अन्वेषण गर्नुहोस् प्रकाश 3:10
8
प्रकाश 3:11
हेर, म चाँडै आउनेछु। तिमीसित भएको कुरा जोगाएर राख र कसैले पनि तिम्रो विजयको इनाम तिमीबाट खोस्न नसकोस्।
अन्वेषण गर्नुहोस् प्रकाश 3:11
9
प्रकाश 3:2
यसकारण जाग र तिमीहरूसँग बचेका थोरै कुराहरू मासिन नदिएर बलियो पार किनभने परमेश्वरको अगाडि तिम्रा कामहरू मैले सिद्ध भेट्टाएको छैनँ।
अन्वेषण गर्नुहोस् प्रकाश 3:2
होम
बाइबल
योजनाहरू
भिडियोहरू