1
प्रकाश 20:15
सरल नेपाली पवित्र बाइबल
जस-जसको नाउँ जीवनको पुस्तकमा लेखिएको थिएन, तिनीहरू आगोको कुण्डमा फ्याँकिए।
तुलना
अन्वेषण गर्नुहोस् प्रकाश 20:15
2
प्रकाश 20:12
अनि मरेका साना र ठूला सबै सिंहासनको अगाडि उभिरहेको मैले देखें अनि पुस्तकहरू खोलिएका थिए, अनि अर्को एउटा पुस्तक पनि खोलियो जुनचाहिँ जीवनको पुस्तक हो। ती पुस्तकहरूमा लेखिएका उनीहरूका कामअनुसार मरेकाहरूको न्याय गरिँदै थियो।
अन्वेषण गर्नुहोस् प्रकाश 20:12
3
प्रकाश 20:13-14
समुद्रले त्यसका मुर्दाहरू सुम्पिदियो, मृत्यु र पातालले आफूसँग राखेका मुर्दाहरूलाई सुम्पिदिए र सबैको आ-आफूले गरेका कामअनुसार न्याय भयो। यसपछि मृत्यु र पाताल पनि अग्नि-कुण्डमा फ्याँकिए (यो अग्नि-कुण्ड दोस्रो मरण हो)।
अन्वेषण गर्नुहोस् प्रकाश 20:13-14
4
प्रकाश 20:11
तब एउटा ठूलो सेतो सिंहासन र त्यसमाथि विराजमान् हुनुहुनेलाई मैले देखें। उहाँको सामुन्नेबाट आकाश र पृथ्वी भागे र तिनीहरू फेरि देखा परेनन्।
अन्वेषण गर्नुहोस् प्रकाश 20:11
5
प्रकाश 20:7-8
हजार वर्ष बितेपछि शैतान आफ्नो कैदबाट मुक्त हुनेछ र पृथ्वीका चारैतिर भएका जाति-जातिका मानिसहरूलाई अर्थात् “गोग” र “मागोग” लाई ठग्न जानेछ। शैतानले समुद्रको बालुवाजत्तिकै सङ्ख्यामा लडाइँ गर्न तिनीहरूलाई भेला गराउनेछ।
अन्वेषण गर्नुहोस् प्रकाश 20:7-8
होम
बाइबल
योजनाहरू
भिडियोहरू