1
भजनसंग्रह 91:2
सरल नेपाली पवित्र बाइबल
तिनीहरूले उहाँलाई भन्न सक्छन्, “मलाई बचाउने र रक्षा गर्ने तपाईं हुनुहुन्छ, तपाईं मेरो परमेश्वर हुनुहुन्छ, म तपाईंमा भरोसा राख्दछु।”
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 91:2
2
भजनसंग्रह 91:1
ज-जसले सुरक्षा पाउन परमप्रभुको शरण लिन्छन् र सर्वशक्तिमान्को सुरक्षामुनि बस्छन्
अन्वेषण गर्नुहोस् भजनसंग्रह 91:1
3
भजनसंग्रह 91:15
तिनीहरूले मलाई पुकार्दा म तिनीहरूलाई जवाफ दिनेछु; तिनीहरू कष्टमा पर्दा म तिनीहरूको साथ रहनेछु, म तिनीहरूलाई बचाउनेछु र आदर दिनेछु।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 91:15
4
भजनसंग्रह 91:11
तिमी जहाँ गए पनि रक्षा गर्नलाई परमेश्वरले आफ्ना दूतहरूलाई तिम्रो जिम्मा दिनुहुनेछ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 91:11
5
भजनसंग्रह 91:4
उहाँले तिमीलाई आफ्ना पखेटाले ढाक्नुहुनेछ, तिमी उहाँको रेखदेखमा कुशलसित रहनेछौ, उहाँको विश्वासयोग्यताले तिमीलाई रक्षा गरेर बचाउनेछ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 91:4
6
भजनसंग्रह 91:9-10
परमप्रभुलाई आफ्ना त्राणकर्ता र सर्वोच्च प्रभुलाई आफ्ना रक्षक तिमीले बनाएका छौ, यसर्थ तिमीमाथि केही विपद् आइपर्नेछैन र तिम्रो घर छेउछाउ कुनै हुलदङ्गा आउनेछैन।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 91:9-10
7
भजनसंग्रह 91:3
उहाँले तिमीलाई सबै लुकेका खतराहरूदेखि र सबै प्राणघातक रोगहरूदेखि कुशल राख्नुहुनेछ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 91:3
8
भजनसंग्रह 91:7
तिम्रो छेउमा हजार जना लोट्लान्, तिम्रा चारैपट्टि दश हजार, तर तिमीलाई केही चोट लाग्नेछैन।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 91:7
9
भजनसंग्रह 91:5-6
दिउँसो अचानक आइलाग्ने आक्रमणदेखि वा रातमा हुने कुनै खतरादेखि तिमीले डर मान्नुपर्नेछैन वा अन्धकारमा आइलाग्ने आपत्-विपद् अथवा दिउँसै प्राण लिने दुष्ट कुराहरूदेखि डराउनुपर्नेछैन।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 91:5-6
होम
बाइबल
योजनाहरू
भिडियोहरू