1
हितोपदेश 3:5-6
सरल नेपाली पवित्र बाइबल
तेरो सारा हृदयले परमप्रभुमा भरोसा गर्, म जान्दछु भन्ने तेरो विचारमा निर्भर नहो। आफ्ना सबै काममा परमप्रभुलाई सम्झी र उहाँले तँलाई ठीक मार्ग देखाएइदिनुहुनेछ।
तुलना
अन्वेषण गर्नुहोस् हितोपदेश 3:5-6
2
हितोपदेश 3:7
आफूलाई ज्यादै बुद्धिमान् नठान्, खालि परमप्रभुको आज्ञा मान् र दुष्ट्याइँबाट जोगिने गर्।
अन्वेषण गर्नुहोस् हितोपदेश 3:7
3
हितोपदेश 3:9-10
आफ्नो धन-सम्पत्ति र आफ्ना उब्जनीको सबैभन्दा पहिलो फल चढाएर परमप्रभुको आदर गर्। त्यसो गरिस् भने तेरा ढुकुटीहरू अन्नले भरिनेछन् र तेरो दाख-कुण्ड दाखमद्यले भरिएर पोखिनेछ।
अन्वेषण गर्नुहोस् हितोपदेश 3:9-10
4
हितोपदेश 3:3
भक्ति र विश्वासलाई कहिल्यै नत्याग्। ती तेरो घाँटीमा बाँधिराख्, हृदयमा लेखिराख्।
अन्वेषण गर्नुहोस् हितोपदेश 3:3
5
हितोपदेश 3:11-12
ए मेरो छोरो, परमप्रभुले तँलाई सुधार्नुहुँदा ध्यान दे र त्यसलाई विरक्त नमान् किनभने जसरी बुबाले जुन छोरोमा गर्व गर्छ, उसैलाई दण्ड दिन्छ, त्यसरी नै परमप्रभुले जसलाई प्रेम गर्नुहुन्छ, उसैलाई सुधार्नुहुन्छ।
अन्वेषण गर्नुहोस् हितोपदेश 3:11-12
6
हितोपदेश 3:1-2
ए मेरो छोरो, मैले दिएको शिक्षालाई नभुल, मैले भनेका कुरा गर्न सदा याद राख् किनभने मेरो शिक्षाले तँलाई लामो आयु दिनेछ र तेरो फलिफाप गराउनेछ।
अन्वेषण गर्नुहोस् हितोपदेश 3:1-2
7
हितोपदेश 3:13-15
बुद्धि र समझशक्ति प्राप्त गर्ने मानिस खुसी रहन्छ। त्यसमा चाँदीमा भन्दा बढी लाभ हुन्छ र त्यो सुनभन्दा उत्तम हो। बुद्धि हीरा-मोतीभन्दा ज्यादै उत्तम हुन्छ, तैँले चाहेको कुनै कुराको त्योसित तुलना गर्न सकिंदैन।
अन्वेषण गर्नुहोस् हितोपदेश 3:13-15
8
हितोपदेश 3:27
तैँले सकेअनुसार जसलाई खाँचो छ, त्यसलाई भलाइ गर्।
अन्वेषण गर्नुहोस् हितोपदेश 3:27
9
हितोपदेश 3:19
परमप्रभुले बुद्धिद्वारा पृथ्वी बनाउनुभयो, उहाँले ज्ञानद्वारा आकाशलाई त्यसको ठाउँमा बसाल्नुभयो।
अन्वेषण गर्नुहोस् हितोपदेश 3:19
होम
बाइबल
योजनाहरू
भिडियोहरू