1
हितोपदेश 11:25
सरल नेपाली पवित्र बाइबल
उदार चित्तको होऊ र तिम्रो फलिफाप हुनेछ, अरूलाई मद्दत गर र तिमीले मद्दत पाउनेछौ।
तुलना
अन्वेषण गर्नुहोस् हितोपदेश 11:25
2
हितोपदेश 11:24
कोही मानिसहरूले खुल्ला मनले पैसा खर्च गर्छन् र पनि अझ धनी नै हुन्छन्। अरूहरू सावधानी गर्छन् र पनि अझ गरीब हुन्छन्।
अन्वेषण गर्नुहोस् हितोपदेश 11:24
3
हितोपदेश 11:2
अहङ्कारी मानिसको चाँडै बेइज्जत हुन्छ, नम्र स्वभाव राख्नु बुद्धिको कुरा हो।
अन्वेषण गर्नुहोस् हितोपदेश 11:2
4
हितोपदेश 11:14
अगुवाइ नभएकोमा देशको पतन हुन्छ; तर धेरै सल्लाहकार भए विजय निश्चित छ।
अन्वेषण गर्नुहोस् हितोपदेश 11:14
5
हितोपदेश 11:30
धार्मिकताको फल जीवन हो र मानिसको जीवन बचाउनेचाहिँ ज्ञानी हो।
अन्वेषण गर्नुहोस् हितोपदेश 11:30
6
हितोपदेश 11:13
व्यर्थका कुरा गर्ने मानिसलाई गुप्त कुरा भन्न सकिंदैन तर विश्वासयोग्य मानिसमा भरोसा राख्न सकिन्छ।
अन्वेषण गर्नुहोस् हितोपदेश 11:13
7
हितोपदेश 11:17
दया गर्ने मानिसले आफ्नै कल्याण गर्दछ, निष्ठुरीले आफ्नै हानि गर्दछ।
अन्वेषण गर्नुहोस् हितोपदेश 11:17
8
हितोपदेश 11:28
आफ्ना धन-सम्पत्तिमा भर पर्नेहरू शरद् ऋतुमा पात झरेझैँ झर्नेछन् तर धर्मीहरू ग्रीष्म ऋतुका पातहरूझैँ मौलाउनेछन्।
अन्वेषण गर्नुहोस् हितोपदेश 11:28
9
हितोपदेश 11:4
परमेश्वरको क्रोधको दिनमा धनले तिम्रो केही लाभ हुँदैन तर इमानदारीताले तिम्रो ज्यान बचाउँछ।
अन्वेषण गर्नुहोस् हितोपदेश 11:4
10
हितोपदेश 11:3
तिमी भलो छौ भने इमानदारीता त्याग्दैनौ। तर भरोसा गर्न नसकिने मानिसहरू आफ्नै छल-कपटमा नष्ट भइजान्छन्।
अन्वेषण गर्नुहोस् हितोपदेश 11:3
11
हितोपदेश 11:22
विवेक नभएकी नारीको सुन्दरता सुँगुरको थुतुनोमा सुनको नत्थ लाएझैँ हो।
अन्वेषण गर्नुहोस् हितोपदेश 11:22
12
हितोपदेश 11:1
छली तराजु चलाउनेलाई परमप्रभुले घृणा गर्नुहुन्छ, ठीक तौलको ढकसित उहाँ खुसी हुनुहुन्छ।
अन्वेषण गर्नुहोस् हितोपदेश 11:1
होम
बाइबल
योजनाहरू
भिडियोहरू