1
हितोपदेश 1:7-8
सरल नेपाली पवित्र बाइबल
ज्ञान प्राप्त गर्न पहिले परमप्रभुको भय राख्नुपर्छ। मूर्खहरूले बुद्धिको कदर गर्दैनन् र शिक्षा लिने मन गर्दैनन्। ए मेरो छोरो, तेरा आमा-बुबाले भनेका कुरा ध्यान दिएर सुन्
तुलना
अन्वेषण गर्नुहोस् हितोपदेश 1:7-8
2
हितोपदेश 1:32-33
तर अन्जान व्यक्तिहरू बुद्धिको तिरस्कार गरेका हुनाले मरेर जानेछन्, मूर्ख व्यक्तिहरू आफ्नै बेवास्ताले गर्दा नाश हुनेछन्। तर जसले मेरो कुरा सुन्छ, त्यसले सुरक्षा पाउनेछ। त्यो कुशलसाथ रहनेछ र त्यसलाई डरको कुनै कारण हुनेछैन।”
अन्वेषण गर्नुहोस् हितोपदेश 1:32-33
3
हितोपदेश 1:5
यी उखानहरूले ज्ञानी मानिसहरूको ज्ञान भण्डार बढाउँछन् र पढे-लेखेकाहरूलाई बाटो देखाउँछन्।
अन्वेषण गर्नुहोस् हितोपदेश 1:5
4
हितोपदेश 1:10
ए मेरो छोरो, पापीहरूले तँलाई फकाई-फुस्लाई गर्दा तँ तिनीहरूसित नलाग्।
अन्वेषण गर्नुहोस् हितोपदेश 1:10
5
हितोपदेश 1:1-4
दाऊदका छोरा इस्राएलका राजा सोलोमनका उखानहरू: बुद्धि र शिक्षाका कुरा चिन्न र गहिरो अर्थ भएका उक्तिहरू बुझ्न सिकाउने उखानहरू यहाँ छन्। उखानहरूले जीवनमा कसरी बुद्धिमानीसित चल्ने र इमानदार, न्यायी र सोझो हुने भनी सिकाउँछन्। अनजान मानिसलाई चतुर र जवान व्यक्तिलाई समझदार बनाउँछन्।
अन्वेषण गर्नुहोस् हितोपदेश 1:1-4
6
हितोपदेश 1:28-29
त्यस बेला तिमीहरूले बुद्धिलाई पुकार्नेछौ तर म जवाफ दिनेछैनँ। सबै ठाउँहरूमा तिमीहरूले मलाई खोज्नेछौ तर मलाई भेट्टाउनेछैनौ। तिमीहरूले सधैँ बुद्धिको तिरस्कार गरेका छौ र परमप्रभुको आज्ञा मान्न इन्कार गरेका छौ।
अन्वेषण गर्नुहोस् हितोपदेश 1:28-29
होम
बाइबल
योजनाहरू
भिडियोहरू