तर परमप्रभुले कहिल्यै नसुनिएको काम गर्नुभई धरती फाटेर सरसम्पत्तिसहित तिनीहरूलाई निल्यो र तिनीहरू मृत्युलोकमा जिउँदै खसे भने यी मानिसहरूले परमप्रभुलाई अस्वीकार गरेका रहेछन् भनी तिमीहरूले थाहा पाउनेछौ।”
मोशाले यति कुरा भनिसकेका मात्र थिए, दातान र अबीराम उभिएको जमिन फाटिहाल्यो र ती दुई, तिनका परिवारहरू र कोरहका पछि लाग्नेहरू सबैलाई सर-सम्पत्तिसहित निलिहाल्यो।