तर हाम्रा पुर्खाहरू घमण्डी र अट्टेरी भए,
र तपाईंका आज्ञा मान्न इन्कार गरे।
तिनीहरूले आज्ञा मान्न इन्कार गरे,
तपाईंले गर्नुभएका सबै काम र अचम्मका कामहरू तिनीहरूले भुले।
आफ्नो घमण्डमा फेरि मिश्रदेशको दासत्वमा फर्की जान
तिनीहरूले एउटा अगुवा चुने।
तर तपाईं क्षमा दिनुहुने परमेश्वर हुनुहुन्छ,
दयामाया गर्नुहुने प्रेमी र रिस गर्न ढिलो परमेश्वर हुनुहुन्छ;
तपाईंको दया महान् छ, तिनीहरूलाई त्याग्नुभएन।