त्यसकारण चनाखो भएर बस किनभने मालिक कुन बेला फर्की आउने हो, तिमीहरूलाई थाहा हुँदैन। ऊ त साँझमा, आधारातमा, भाले बास्ने बेलामा या बिहानीपख, कुनै पनि बेला आइपुग्न सक्छ अनि अचानक आइपुग्दा उसले तिमीहरूलाई सुतिरहेको नभेट्टाओस्! तिमीहरूलाई भनेजस्तै मैले सबैलाई नै भनेको हुँ, चनाखो भएर बस!”