परमप्रभु भन्नुहुन्छ, “त्यो दिन आउँदै छ, जब म इस्राएल र यहूदाका मानिसहरूसित एउटा नयाँ करार बाँध्नेछु, त्यो करार मैले तिनीहरूका पिता-पुर्खालाई हातमा समातेर मिश्रबाट निकालेर ल्याउँदा तिनीहरूसित बाँधेको पुरानो करारजस्तो हुनेछैन। म तिनीहरूका स्वामीझैँ थिएँ तापनि तिनीहरूले त्यो करार तोडे।