एफ्राइमीहरूलाई भाग्न नदिनलाई यर्दन पार गर्न सक्ने घाटहरू सबै गिलादीहरूले कब्जामा लिए। जब कुनै भागिरहेको एफ्राइमीले नदी तर्ने अनुमति माग्थ्यो, गिलादीहरूले त्यसलाई सोध्थे, “के तँ एफ्राइमी होस्?” त्यसले “होइन” भनी उत्तर दिए त्यसलाई ‘शिब्बोलेत’ भन्न लाउँथे। तर त्यो शब्द ठीकसँग भन्न नसकेर त्यसले ‘सिब्बोलेत’ भन्थ्यो। तब त्यसलाई पक्रेर त्यहीँ नदीको घाटमा तिनीहरूले मार्थे। यसरी त्यस समय ४२,००० एफ्राइमीहरू मारिए।