1
याकूब 1:2-3
सरल नेपाली पवित्र बाइबल
मेरा भाइहरू, हरप्रकारका जाँच आइपर्दा आनन्दित होओ। तिमीहरू जान्दछौ, जब तिमीहरूको विश्वासको जाँच हुन्छ, तिमीहरूको सहने शक्ति बढ्छ।
तुलना
अन्वेषण गर्नुहोस् याकूब 1:2-3
2
याकूब 1:5
तिमीहरूमा कसै-कसैलाई बुद्धिको खाँचो छ भने परमेश्वरसँग माग र बुद्धि पाउनेछौ किनभने परमेश्वरले नअन्कनाई सबैलाई प्रशस्त गरिदिनुहुनेछ।
अन्वेषण गर्नुहोस् याकूब 1:5
3
याकूब 1:19
मेरा प्यारा भाइहरू, यो कुरा तिमीहरू सम्झिराख। सुन्नमा चनाखो, बोल्नमा होशियार र कम रिसाउने होओ
अन्वेषण गर्नुहोस् याकूब 1:19
4
याकूब 1:4
तर कुनै कुरामा पनि नचुकी परिपक्व र सिद्ध हुन ती जाँचहरू सहँदै स्थिर भएर बस्न सिक्ने गर।
अन्वेषण गर्नुहोस् याकूब 1:4
5
याकूब 1:22
तर यो वचन पालन गर्ने होओ, आफूलाई धोखा दिंदै सुन्ने मात्र होइन।
अन्वेषण गर्नुहोस् याकूब 1:22
6
याकूब 1:12
जाँचको बेलामा टिक्न सक्ने मानिस नै धन्यको हो। दु:खमा स्थिर रहनेले नै परमेश्वरलाई प्रेम गर्नेहरूका लागि उहाँले प्रतिज्ञा गर्नुभएको जीवनको मुकुट पाउनेछ।
अन्वेषण गर्नुहोस् याकूब 1:12
7
याकूब 1:17
हरेक उत्तम र सिद्ध दान माथिबाट आउँछ। आकाश मण्डलमा ज्योतिहरू सृजना गर्नुहुने परमेश्वरबाट यी दान आउँछन्। उहाँ कहिले फेरिनुहुन्न, उहाँ नता बदलिने छायाजस्तो हुनुहुन्छ।
अन्वेषण गर्नुहोस् याकूब 1:17
8
याकूब 1:23-24
वचन सुन्ने तर पालना नगर्नेचाहिँ ऐनामा आफ्नो अनुहार हेर्ने मान्छेजस्तै हो। उसले ऐनामा हेरुञ्जेल आफ्नो अनुहार देख्छ, हेर्न छोडेपछि आफू कस्तो थिएँ भन्ने झट्टै बिर्सिहाल्छ।
अन्वेषण गर्नुहोस् याकूब 1:23-24
9
याकूब 1:27
परमेश्वर पितालाई मनपर्दो साँचो धर्म-कर्मचाहिँ दु:खमा परेका विधवा र टुहुरा-टुहुरीको हेर-विचार गर्नु अनि संसारका नराम्रा कुराबाट अलग रहनु हो।
अन्वेषण गर्नुहोस् याकूब 1:27
10
याकूब 1:13-14
यस्तो जाँचमा पर्दा कसैले पनि मलाई परमेश्वरले परीक्षा गर्नुभयो नभनोस्। परमेश्वर दुष्ट कुराको परीक्षामा पर्नुहुन्न र उहाँले अरूलाई पनि परीक्षामा पार्नुहुन्न। प्रत्येक मानिस आफ्नै खराब इच्छाले बरालिएर परीक्षामा पर्छ।
अन्वेषण गर्नुहोस् याकूब 1:13-14
11
याकूब 1:9
गरीब अवस्थामा भएका भाइहरू हो, जब तिमीहरूको दिन सुध्रन्छ, त्यस बेला तिमीहरू खुसी होओ।
अन्वेषण गर्नुहोस् याकूब 1:9
होम
बाइबल
योजनाहरू
भिडियोहरू