“म उच्च, पवित्र र सनातनको परमेश्वर हुँ। म अग्लो र पवित्रस्थानमा बास गर्छु तर म नम्र र पश्चात्ताप गर्ने मानिसहरूसित पनि बास गर्दछु। त्यसरी म तिनीहरूका आशा र भरोसा फेरि जगाउन सक्दछु। मैले मेरा मानिसहरूलाई जीवन दिएँ र सदाकालको निम्ति म तिनीहरूसित रिसाउने र तिनीहरूलाई दोष दिइरहनेछैनँ।