1
यशैया 45:3
सरल नेपाली पवित्र बाइबल
म तँलाई गुप्त र अँध्यारो ठाउँहरूबाट धन-सम्पत्ति दिलाउनेछु, तब तैँले थाहा पाउनेछस् कि म नै परमप्रभु हुँ र इस्राएलका परमेश्वरले तँलाई नामद्वारा बोलाउनुभएको छ।
तुलना
अन्वेषण गर्नुहोस् यशैया 45:3
2
यशैया 45:2
“म आफैं तेरो बाटो तयार पार्नेछु, डाँडा र पर्वत समतल पारिदिनेछु। म काँसाका मूल-ढोकाहरू तोडिदिनेछु र तिनका फलामका गजबारहरू टुक्रा-टुक्रा पारिदिनेछु।
अन्वेषण गर्नुहोस् यशैया 45:2
3
यशैया 45:5-6
“म परमप्रभु हुँ, अरू कुनै परमेश्वर छैन, तैँले मलाई नचिने पनि चाहिएको बल म तँलाई दिनेछु। म परमप्रभु हुँ र अर्को कुनै परमेश्वर छैन भनी संसारको वल्लो छेउदेखि पल्लो छेउसम्मका हरेक मानिसले जानोस् भनेर म यो काम गर्दछु।
अन्वेषण गर्नुहोस् यशैया 45:5-6
4
यशैया 45:7
म उज्यालो र अँध्यारो दुवै बनाउँदछु, मैले नै आशिष् र विपत्ति दुवै ल्याउँदछु। म परमप्रभुले यी सबै कुरा गर्दछु।
अन्वेषण गर्नुहोस् यशैया 45:7
5
यशैया 45:22
“अब मकहाँ फर्क र बाँच, ए सारा संसारका मानिसहरू हो! म मात्र परमेश्वर हुँ, अरू कोही छैन।
अन्वेषण गर्नुहोस् यशैया 45:22
6
यशैया 45:1
परमप्रभुले कोरेसलाई राजा हुन अभिषेक गर्नुभएको छ। उहाँले तिनलाई जाति-जातिमाथि विजय गर्न नियुक्त गर्नुभएको छ। उहाँले तिनलाई राजाहरूका हातबाट अधिकार खोस्न पठाउनुहुन्छ, परमप्रभुले तिनको निम्ति सहर-सहरका मूल-ढोकाहरू उघारिदिनुहुनेछ। परमप्रभुले कोरेसलाई भन्नुहुन्छ
अन्वेषण गर्नुहोस् यशैया 45:1
7
यशैया 45:23
मेरो प्रतिज्ञा साँचो छ र त्यो बदलिँदैन। म आफ्नै जीवनको शपथ खाएर भन्दछु, सबैले आएर मेरो सामुन्ने घुँडा टेक्नेछन् र मेरा भक्त भइरहने वाचा बाँध्नेछन्।
अन्वेषण गर्नुहोस् यशैया 45:23
8
यशैया 45:4
मेरो सेवक इस्राएल, मैले चुनेको जातिलाई, सहायता दिन मैले तँलाई नियुक्त गरेको छु। तैँले मलाई नचिने पनि मैले तँलाई ठूलो सम्मान् दिएको छु।
अन्वेषण गर्नुहोस् यशैया 45:4
होम
बाइबल
योजनाहरू
भिडियोहरू