1
यशैया 11:2-3
सरल नेपाली पवित्र बाइबल
परमप्रभुको आत्माले उनलाई बुद्धि, ज्ञान र प्रजालाई शासन गर्न सीप दिनुहुनेछ। उनले परमप्रभुको इच्छा बुझ्नेछन्, उहाँलाई आदर गर्नेछन् र उहाँका आज्ञापालनमा आनन्दित मान्नेछन्। उनले मुख हेरेर वा अरूका कुरा सुनेर इन्साफ गर्नेछैनन्।
तुलना
अन्वेषण गर्नुहोस् यशैया 11:2-3
2
यशैया 11:1
दाऊदको राजवंश काटिढालेको रूखझैँ छ तर ठुटोबाट नयाँ हाँगा उम्रेझैँ दाऊदको सन्तानबाट एउटा नयाँ राजा उठ्नेछन्।
अन्वेषण गर्नुहोस् यशैया 11:1
3
यशैया 11:4
गरीबको इन्साफ ठीकसित गर्नेछन् र असहायहरूको रक्षा गर्नेछन्। उनको आज्ञाले अपराधी मानिसहरूले दण्ड पाउनेछन् र दुष्टहरू मारिनेछन्।
अन्वेषण गर्नुहोस् यशैया 11:4
4
यशैया 11:5
न्याय र इमानदारीसाथ उनले आफ्ना प्रजामाथि शासन गर्नेछन्।
अन्वेषण गर्नुहोस् यशैया 11:5
5
यशैया 11:9
परमेश्वरको पवित्र पर्वत सियोनमा कुनै हानिकारक वा दुष्ट कुरा रहनेछैन। समुद्रचाहिँ पानीले भरिएझैँ पृथ्वी परमप्रभुको ज्ञानले भरपूर हुनेछ।
अन्वेषण गर्नुहोस् यशैया 11:9
6
यशैया 11:6
ब्वाँसा र भेडा एकसाथ शान्तिसित बास गर्नेछन् र चितुवाहरू पाठासित सुत्नेछन्। बाछा र सिंहका डमरु एकसाथ खानेछन् र साना बालकहरूले तिनीहरूलाई हेरचाह गर्नेछन्।
अन्वेषण गर्नुहोस् यशैया 11:6
7
यशैया 11:10
त्यो दिन दाऊदको वंशबाट एक जना नयाँ राजा राष्ट्रहरूका बीचमा एउटा चिनोको रूपमा खडा हुनेछन्। मानिसहरू दाऊद राजाको सहरमा भेला हुनेछन् र उनलाई आदर गर्नेछन्।
अन्वेषण गर्नुहोस् यशैया 11:10
होम
बाइबल
योजनाहरू
भिडियोहरू