1
हिब्रू 13:5
सरल नेपाली पवित्र बाइबल
धन-सम्पत्तिको माया-मोहमा नफस। आफूसँग जे छ, त्यसैमा सन्तोष गर्ने गर किनभने परमेश्वरले नै भन्नुभएको छ, ‘म तिमीलाई कहिल्यै छोड्नेछैनँ, म तिमीलाई कहिल्यै त्याग्नेछैनँ’।”
तुलना
अन्वेषण गर्नुहोस् हिब्रू 13:5
2
हिब्रू 13:8
येशू ख्रीष्ट त हिजो, आज र सधैँभरि एकैनास हुनुहुन्छ।
अन्वेषण गर्नुहोस् हिब्रू 13:8
3
हिब्रू 13:6
यसकारण हामी ठूलो साहससँग भन्न सक्छौं, “प्रभुले नै मलाई सहायता गर्नुहुन्छ। म कहिल्यै डराउनेछैनँ। मानिसले मलाई के गर्न सक्छन्?”
अन्वेषण गर्नुहोस् हिब्रू 13:6
4
हिब्रू 13:16
एक-अर्काको भलाइ गर्न र मद्दत गर्न नबिर्स। परमेश्वरलाई मन पर्ने बलिदान यही नै हो।
अन्वेषण गर्नुहोस् हिब्रू 13:16
5
हिब्रू 13:15
यसकारण हामी सधैँ येशूको नाउँमा परमेश्वरलाई स्तुतिको बलिदान चढाऔं। यो त उहाँको नाउँ लिनेहरूका ओठले चढाएको भेटी हो।
अन्वेषण गर्नुहोस् हिब्रू 13:15
6
हिब्रू 13:4
विवाहको इज्जत सबैले राख्नुपर्छ। लोग्ने-स्वास्नी एक-अर्काप्रति विश्वासयोग्य रहून् किनभने छाडा र अर्काको लोग्ने वा स्वास्नीसँग बिग्रनेहरूलाई परमेश्वरले सजाय दिनुहुनेछ।
अन्वेषण गर्नुहोस् हिब्रू 13:4
7
हिब्रू 13:2
पाहुनाहरूको सेवा-सत्कार गर्न नबिर्स। यसरी पाहुनाको सत्कार गर्दा कसै-कसैले थाहै नपाई स्वर्गदूतको पनि सत्कार गरेका थिए।
अन्वेषण गर्नुहोस् हिब्रू 13:2
8
हिब्रू 13:20-21
मृत्यु भोगेर भेडाहरूका महान् गोठाला हुनुभएका र आफ्नै रगतले सधैँ रहिरहने करार पूरा गर्नुभएका हाम्रा प्रभु येशूलाई शान्तिका परमेश्वरले मरेकोबाट बिउँताउनुभयो। तिमीहरूले परमेश्वरको इच्छा पूरा गर्न सक भनेर उहाँले तिमीहरूलाई हरप्रकारका गुणहरू जुटाइदेऊन्। तिमीहरूले उहाँलाई मन पर्ने काम गर्न सक भनेर उहाँले तिमीहरूको हृदयमा काम गरून्। येशू ख्रीष्टको सधैँभरि जयजयकार होस्। आमेन।
अन्वेषण गर्नुहोस् हिब्रू 13:20-21
होम
बाइबल
योजनाहरू
भिडियोहरू