1
इजकिएल 37:4-5
सरल नेपाली पवित्र बाइबल
उहाँले मलाई भन्नुभयो, “यी हाडहरूलाई अगमवाणी बोल्। यी सुखा हाडहरूलाई परमप्रभुको वचन सुन्न भन्। तिनीहरूलाई म सार्वभौम परमप्रभुको यस्तो वचन छ भनी बताइदे– म तिमीहरूमा सास फुकिदिनेछु र तिमीहरूलाई फेरि जीवित बनाउनेछु।
तुलना
अन्वेषण गर्नुहोस् इजकिएल 37:4-5
2
इजकिएल 37:6
तिमीहरूलाई म नसा र मांस-पेशीले भर्नेछु र बाहिरबाट छालाले ढाक्नेछु। म तिमीहरूमा सास फुकिदिनेछु र तिमीहरूलाई फेरि जीवित बनाउनेछु। तब म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्नेछौ।”
अन्वेषण गर्नुहोस् इजकिएल 37:6
3
इजकिएल 37:3
उहाँले मलाई भन्नुभयो, “ए मरणशील मानिस, के यी हाडहरू फेरि जीवित हुन सक्लान्?” मैले जवाफ दिएँ, “सार्वभौम परमप्रभु, त्यो त तपाईं मात्र जान्नुहुन्छ!”
अन्वेषण गर्नुहोस् इजकिएल 37:3
4
इजकिएल 37:1-2
परमप्रभुको हात ममाथि भएको मैले थाहा गरें र उहाँको आत्माले मलाई लगेर कुनै एक बेसीमा पुर्याउनुभयो, जहाँ सबै जमिन हाडै-हाडले भरिएको थियो। उहाँले मलाई बेसीका चारैपट्टि डोर्याउनुभयो। त्यहाँ मैले असाध्यै सुकेका हाडहरूको थुप्रो देखें।
अन्वेषण गर्नुहोस् इजकिएल 37:1-2
5
इजकिएल 37:7-8
अनि मलाई भनेअनुसार मैले अगमवाणी बोलें। मैले बोलिरहँदा मैले खड्याङ्-खुडुङ् आवाज आएको सुनें र ती हाडहरू आपसमा जोडिन लागे। मैले हेर्दाहेर्दै ती हाडहरूमा नसा र मांस-पेशी भरिए र छालाले ढाकिए। तर अझै ती शरीरहरूमा सास थिएन।
अन्वेषण गर्नुहोस् इजकिएल 37:7-8
होम
बाइबल
योजनाहरू
भिडियोहरू