तिम्रा सन्तानहरूले ‘यस विधिको अर्थ के हो?’ भनी सोधे भने तिमीहरूको उत्तर यो हुनेछ, ‘यो परमप्रभुलाई आदर गरेर मनाएको निस्तार-चाड हो किनभने उहाँले मिश्रमा भएका इस्राएलीहरूका घरहरूलाई बचाउनुभएको थियो। उहाँले मिश्रीहरूलाई मार्नुभयो तर हामी इस्राएलीहरूलाई बचाउनुभएको थियो।” इस्राएलीहरूले घुँडा टेकेर उहाँलाई आराधना गरे।