मोर्दकैले तिनलाई यस्तो चेतावनी दिएर खबर पठाए, “आफू राजमहलमा छु भनेर अरू यहूदीहरूभन्दा मचाहिँ सुरक्षित छु भनी नचिताऊ। यस्तो समयमा तिमी चुप लागेर बस्यौ भने स्वर्गबाट यहूदीहरूले सहायता पाउनेछन् र तिनीहरू बाँच्नेछन्; तर तिमीचाहिँ मर्नेछौ र तिम्रा बुबाका सन्तान मेटिनेछ। कसले जान्दछ र, यस्तै समयको निम्ति तिमी रानी हुन पुगेकी हौ कि?”