1
एफिसी 5:1-2
सरल नेपाली पवित्र बाइबल
तिमीहरू परमेश्वरका प्यारा सन्तान भएकोले उहाँजस्तै हुन खोज। ख्रीष्टले हामीलाई प्रेम गर्नुभएर मीठो बास्ना आउने धूप र बलिझैँ आफैंलाई परमेश्वरकहाँ चढाउनुभयो। त्यसै गरी तिमीहरूको जीवन पनि प्रेमको अधीनमा होस्।
तुलना
अन्वेषण गर्नुहोस् एफिसी 5:1-2
2
एफिसी 5:15-16
त्यसकारण कस्तो चालचलन चल्नुपर्ने हो, राम्ररी ध्यान देओ, मूर्खजस्तो भएर होइन, बुद्धिमान् भएर हिंड। यी नराम्रा दिनहरूमा तिमीले पाएका सबै मौकाहरूको असल प्रयोग गर।
अन्वेषण गर्नुहोस् एफिसी 5:15-16
3
एफिसी 5:18-20
मद्यको नशामा बाँचेर जीवन नष्ट नगर तर पवित्र आत्माले भरिपूर होओ। एक-अर्कासँग स्तुति, भजन र पवित्र आत्माले दिएका गीत गाउने गर र प्रभुलाई आफ्नो हृदयका मीठा गीतहरूले स्तुति गर। हाम्रा प्रभु येशू ख्रीष्टको नाउँमा परमेश्वर पितालाई सबै कुरामा सधैँ धन्यवाद दिने गर।
अन्वेषण गर्नुहोस् एफिसी 5:18-20
4
एफिसी 5:17
त्यसकारण मूर्ख नबन तर प्रभुले तिमीबाट के आशा राख्नुहुन्छ, सो पत्तो लगाओ।
अन्वेषण गर्नुहोस् एफिसी 5:17
5
एफिसी 5:25
लोग्नेहरू हो, ख्रीष्टले आफ्नो मण्डलीलाई ज्यान दिएर प्रेम गरेझैँ आ-आफ्ना स्वास्नीलाई प्रेम गर।
अन्वेषण गर्नुहोस् एफिसी 5:25
6
एफिसी 5:8
पहिले तिमीहरू नै अन्धकारमा थियौ तर अब प्रभुका जन बनेर तिमीहरू उज्यालोमा छौ। यसकारण तिमीहरू उज्यालोको योग्य मानिसजस्तै जिउने गर
अन्वेषण गर्नुहोस् एफिसी 5:8
7
एफिसी 5:21
ख्रीष्टप्रतिको श्रद्धाको कारणले एक-अर्काको अधीनमा रहने गर।
अन्वेषण गर्नुहोस् एफिसी 5:21
8
एफिसी 5:22
स्वास्नीहरू हो, प्रभुका अधीनमा भएझैँ तिमीहरू आ-आफ्ना लोग्नेका अधीनमा बस
अन्वेषण गर्नुहोस् एफिसी 5:22
9
एफिसी 5:33
तर यो तिमीहरूमा पनि लागु हुन्छ। त्यसो हुँदा सबै लोग्नेहरूले आ-आफ्ना स्वास्नीलाई आफैंलाई झैँ माया गर्नुपर्छ अनि सबै स्वास्नीहरूले आ-आफ्ना लोग्नेलाई आदर गर्नुपर्छ।
अन्वेषण गर्नुहोस् एफिसी 5:33
10
एफिसी 5:31
धर्मशास्त्रले भन्दछ, “यसैकारण मानिसले आफ्ना आमा-बुबालाई छोड्नेछ र स्वास्नीसँग मिल्नेछ अनि उनीहरू दुवै एउटै शरीर हुनेछन्।”
अन्वेषण गर्नुहोस् एफिसी 5:31
11
एफिसी 5:11
अन्धकारका बेकामे कुराहरूसँग तिमीहरूको कुनै सरोकारै नहोस्। तर त्यो काम नराम्रो हो भनेर देखाइदेओ।
अन्वेषण गर्नुहोस् एफिसी 5:11
होम
बाइबल
योजनाहरू
भिडियोहरू