उनका कति सिपाहीहरूले मन्दिर बिटुलो पार्नेछन्। तिनीहरूले दिनहुँ चढाइने बलिदानहरू बन्द गर्नेछन् र भयानक नाशकर्ताको मूर्ति राख्नेछन्। राजाले छल गरेर अघिबाटै धर्म त्याग्नेहरूको सहारा लिनेछन् तर परमेश्वरलाई मान्नेहरूले त्यसको सामना गरी लडाइँ गर्नेछन्।