यी मानिसहरूकहाँ गएर भन,
‘सुन्न त तिमीहरू सुन्छौ, तर बुझ्दैनौ,
हेर्न त हेर्छौ, तर देख्दैनौ!’
किनभने यी मानिसहरूको मन कठोर छ,
यिनीहरूका कान बाक्ला भएका छन्
अनि यिनीहरूले आफ्ना आँखा बन्द गरेका छन्!
नत्रता यिनीहरूले देख्नेथिए, सुन्ने थिए र मनले बुझ्नेथिए।
अनि तिनीहरूले आफ्नो मन मतिर फर्काउनेथिए
र म तिनीहरूलाई निको पार्नेथिएँ।”