1
२ थेसलोनिकी 2:3
सरल नेपाली पवित्र बाइबल
तर तिमीहरूलाई कसैले पनि कुनै किसिमले झुक्याउन नपाओस्। परमेश्वरको विरोधमा ठूलो उपद्रो नभएसम्म र नाश हुनुपर्ने व्यवस्था भङ्ग गर्ने मानिस नआएसम्म प्रभुको दिन आउनेछैन।
तुलना
अन्वेषण गर्नुहोस् २ थेसलोनिकी 2:3
2
२ थेसलोनिकी 2:13
प्रभुले प्रेम गर्नुभएका दाजुभाइहरू, तिमीहरूका लागि हामीले सधैँ धन्यवाद चढाउनैपर्छ किनभने परमेश्वरले तिमीहरूलाई आत्माको पवित्रता र सत्य विश्वासमा सुरुमै मुक्ति दिन भन्नुभयो।
अन्वेषण गर्नुहोस् २ थेसलोनिकी 2:13
3
२ थेसलोनिकी 2:4
त्यस व्यवस्था भङ्ग गर्ने मानिसले आफैं ठूलो भएर मानिसहरूले परमेश्वर ठानेका सबै कुराहरूलाई र पूजा गर्ने गरेका सबै थोकको विरोध गर्नेछ। त्यसले त परमेश्वरको मन्दिरमा बसेर आफैंलाई परमेश्वर हुँ भन्नेछ।
अन्वेषण गर्नुहोस् २ थेसलोनिकी 2:4
4
२ थेसलोनिकी 2:16-17
हाम्रा प्रभु येशू ख्रीष्ट र पिता परमेश्वरले हामीलाई प्रेम गर्नुभयो र उहाँको अनुग्रहद्वारा अन्त्य नहुने उत्साह र असल आशा दिनुभयो। उहाँहरूबाटै सबै राम्रा काम कुरामा साहस र शक्ति मिलोस्।
अन्वेषण गर्नुहोस् २ थेसलोनिकी 2:16-17
5
२ थेसलोनिकी 2:11
त्यसकारण तिनीहरूले झूटा कुरा नै पत्याऊन् भनेर परमेश्वरले भर्माउने शक्तिलाई पठाउनुहुनेछ।
अन्वेषण गर्नुहोस् २ थेसलोनिकी 2:11
6
२ थेसलोनिकी 2:9-10
त्यो व्यवस्था भङ्ग गर्नेले शैतानको शक्ति लिएर आउनेछ अनि सबै किसिमका झूटा चिन्ह र अचम्म-अचम्मका कामहरू गर्नेछ। नाश हुनेहरू जति सबैलाई त्यसले दुष्ट किसिमले छक्याउनेछ किनभने तिनीहरूले मुक्ति दिने सत्यलाई मन पराएनन्।
अन्वेषण गर्नुहोस् २ थेसलोनिकी 2:9-10
7
२ थेसलोनिकी 2:7
त्यो व्यवस्था भङ्ग गर्नेले आफ्ना कामहरू भित्रभित्रै सुरु गरिसकेको छ। तर त्यसलाई थामिराख्ने शक्ति नहटेसम्म यसको दुष्ट कामहरू बाहिर देखिनेछैनन्।
अन्वेषण गर्नुहोस् २ थेसलोनिकी 2:7
होम
बाइबल
योजनाहरू
भिडियोहरू