एक दिन बेलुकीपख दाऊद सुतेर उठे र महलको कौसीमा गए। त्यहाँ डुल्दैगर्दा तिनले एउटी स्त्रीलाई नुहाइरहेकी देखे। तिनी अति सुन्दरी थिइन्। तिनी को हुन् भनी बुझ्न दाऊद राजाले एउटा मानिस पठाए र तिनी एलीआमकी छोरी र हित्ती उरियाहकी स्वास्नी बतशेबा हुन् भनी पत्ता लाए।