र उनी आसा राजालाई भेट्न गए। उनले जोडले भने, “मेरा कुरा सुन! हे राजा आसा र यहूदा र बेन्यामीनका सबै मानिसहरू हो! जबसम्म तिमीहरू परमप्रभुको साथमा रहन्छौ, तबसम्म उहाँ तिमीहरूसित रहनुहुन्छ। तिमीहरूले उहाँलाई खोज्यौ भने उहाँलाई भेट्टाउनेछौ; तर उहाँलाई त्याग्यौ भने उहाँले तिमीहरूलाई त्याग्नुहुनेछ।