1
१ पत्रुस 1:3-4
सरल नेपाली पवित्र बाइबल
हाम्रा प्रभु येशू ख्रीष्टका पिता परमेश्वरको प्रशंसा होस्। येशू ख्रीष्टलाई मरेकोबाट जिउँदो गराएर ठूलो दयाले उहाँले हामीलाई नयाँजन्म दिनुभयो। यसैले हामीले जिउँदो आशा पाएका छौं। साथै स्वर्गमा चाहिँ परमेश्वर पिताले कहिल्यै नाश नहुने, नबिग्रने र कहिल्यै नहराउने आशिष्हरू तिमीहरूका लागि तयार पारेर राखिदिनुभएको छ।
तुलना
अन्वेषण गर्नुहोस् १ पत्रुस 1:3-4
2
१ पत्रुस 1:6-7
यी कुराहरूमा तिमीहरू आनन्द मनाउने गर। हुन त, अहिले तिमीहरूले थोरै समयको लागि थरीथरीका दु:ख भोग्नुपरेको छ। यसको उद्देश्य तिमीहरूले गरेको विश्वास साँचो छ भनी देखाउनु हो। नाश हुन सक्ने सुनलाई पनि आगोमा खारेर शुद्ध पारिन्छ भने तिमीहरूको विश्वास त शुद्ध सुनभन्दा पनि धेरै दामी छ। यसकारण यो विश्वासलाई शुद्ध पार्न जाँचिन्छ। यसले गर्दा ख्रीष्ट देखा पर्नुहुने दिनमा तिमीहरूको मान, इज्जत र प्रशंसा हुन्छ।
अन्वेषण गर्नुहोस् १ पत्रुस 1:6-7
3
१ पत्रुस 1:15-16
तिमीहरूलाई बोलाउनुहुने परमेश्वर पवित्र हुनुहुन्छ। यसकारण तिमीहरू पनि सबै कामकुरामा पूरा पवित्र होओ। धर्मशास्त्रले भन्छ, “पवित्र होओ किनभने म पवित्र छु।”
अन्वेषण गर्नुहोस् १ पत्रुस 1:15-16
4
१ पत्रुस 1:14
अघि अन्जानमा हुँदाखेरिका अभिलाषाका कुराहरूले अहिले तिमीहरूको जीवन नचलाओस्, तर परमेश्वरको आज्ञा मान।
अन्वेषण गर्नुहोस् १ पत्रुस 1:14
5
१ पत्रुस 1:13
यसकारण काम गर्न तिमीहरूको मन तयार होस्। होशियार होओ अनि प्रभु येशू आउनुहुँदा पाइने आशिष्मा नै पूरा भरोसा राख।
अन्वेषण गर्नुहोस् १ पत्रुस 1:13
6
१ पत्रुस 1:24-25
धर्मशास्त्रले भन्छ, “सबै मानिसहरू घाँसजस्तै छन् अनि तिनीहरूको इज्जत पनि जङ्गली फूलजस्तै छ। घाँस ओइलिजान्छ, फूल झरिजान्छ, तर प्रभुको वचन सधैँभरि रहिरहन्छ।” यो प्रभुको वचन नै तिमीहरूलाई सुनाएको सुसमाचार हो।
अन्वेषण गर्नुहोस् १ पत्रुस 1:24-25
होम
बाइबल
योजनाहरू
भिडियोहरू