YouVersion लोगो
खोज आइकन

बाट लोकप्रिय बाइबल पदहरू {{chapter}}

दाऊद हेब्रोनमा छँदा धेरै तालिम पाएका सिपाहीहरू उनको सेनामा भर्ना भए। तिनीहरूले दाऊदलाई परमप्रभुले प्रतिज्ञा गर्नुभएअनुसार शाऊलको सट्टामा राजा बन्‍न मद्दत गर्न चाहन्‍थे। तिनीहरूको सङ्‍ख्‍या यस प्रकार थियो: यहूदा— स्‍त्र-शस्‍त्र भएका र भाला र ढाल बोक्‍ने ६,८०० पुरुषहरू, शिमियोन— असल तालिम पाएका ७,१०० योद्धाहरू, लेवी— ४,६०० पुरुषहरू, हारूनका सन्‍तान यहोयादाका पछि लागेका ३,७०० पुरुषहरू र एक जना योद्धा सादोक र उनका कुटुम्‍ब, २२ प्रमुख मानिसहरू, बेन्‍यामीन (शाऊलको आफ्‍नो कुल)— ३,००० पुरुषहरू (बेन्‍यामीन कुलका धेरैजसो मानिस शाऊलपट्टि राजभक्त रहेका थिए), एफ्राइम— आ-आफ्‍ना गोत्रका प्रसिद्ध २०,८०० पुरुषहरू, पश्‍चिम-मनश्‍शे— दाऊदलाई राजा बनाउन जान छानिएका १८,००० पुरुषहरू, इस्‍साखार— आ-आफ्‍नो नेतृत्‍वमा भएका मानिसहरूसहित दुई सय अगुवाहरू (इस्राएलले के गर्नुपर्छ र त्‍यो गर्न सबैभन्दा असल समय कुन हो, ती अगुवाहरूले जान्‍दथे), जबूलून— सबै प्रकारका हतियार चलाउने तालिम पाएका राजभक्त, भरपर्दा र लड्‍नलाई तयार ५०,००० पुरुषहरू, नप्‍ताली— ढाल र भाला बोकेका ३७,००० पुरुषसहित एक हजार अगुवाहरू, दान— २८,६०० तालिम पाएका पुरुषहरू, आशेर— लडाइँको लागि तयार ४०,००० पुरुषहरू, यर्दनका पूर्वका कुल— रूबेन, गाद र पूर्वीय मनश्‍शेबाट— सबै प्रकारका हतियारहरू प्रयोग गर्ने तालिम पाएका १,२०,००० पुरुषहरू।