1
प्रकाश 21:4
नेपाली नयाँ संशोधित संस्करण
उहाँले तिनीहरूका आँखाको आँसु पूर्ण रूपले पुछिदिनुहुनेछ, र फेरि मृत्यु नै हुनेछैन, र शोक र पीडा पनि हुनेछैन। किनकि पहिलेका कुराहरू बितिसकेका छन्।”
तुलना
अन्वेषण गर्नुहोस् प्रकाश 21:4
2
प्रकाश 21:5
सिंहासनमा विराजमान हुनुहुनेले मलाई भन्नुभयो, “हेर, म सबै कुरा नयाँ तुल्याउँछु।” उहाँले यसो पनि भन्नुभयो, “यो लेख, यी कुराहरू भरपर्दा र सत्य छन्।”
अन्वेषण गर्नुहोस् प्रकाश 21:5
3
प्रकाश 21:3
सिंहासनबाट यसो भन्ने एउटा चर्को सोर मैले सुनें, “हेर, परमेश्वरको वास मानिसहरूसँग भएको छ। उहाँ तिनीहरूसँग वास गर्नुहुनेछ, र तिनीहरू उहाँका प्रजा हुनेछन्, र परमेश्वर आफै तिनीहरूका परमेश्वर भएर तिनीहरूसँग रहनुहुनेछ।
अन्वेषण गर्नुहोस् प्रकाश 21:3
4
प्रकाश 21:6
उहाँले मलाई भन्नुभयो, “अब सिद्धियो। म अल्फा र ओमेगा हुँ, आदि र अन्त्य म नै हुँ। तिर्खाउनेहरूलाई जीवनका पानीको फुहाराबाट म सित्तैँमा दिनेछु।
अन्वेषण गर्नुहोस् प्रकाश 21:6
5
प्रकाश 21:7
जसले विजय प्राप्त गर्छ त्यसले यो उत्तराधिकार पाउनेछ, र म त्यसका परमेश्वर हुनेछु, र त्योचाहिँ मेरो छोरो हुनेछ।
अन्वेषण गर्नुहोस् प्रकाश 21:7
6
प्रकाश 21:8
तर डरपोकहरू, अविश्वासीहरू, घिनलाग्दा भएकाहरू, हत्याराहरू, व्यभिचारीहरू, जादूगरहरू, मूर्तिपूजकहरू र झूटा बोल्नेहरू सबैको हिस्सा आगो र गन्धक दन्कने कुण्डमा हुनेछ। यो दोस्रो मृत्यु हो।
अन्वेषण गर्नुहोस् प्रकाश 21:8
7
प्रकाश 21:1
तब मैले नयाँ आकाश र नयाँ पृथ्वी देखें, किनकि पहिलो आकाश र पहिलो पृथ्वी बितिगएका थिए। समुद्र त अब छँदैथिएन।
अन्वेषण गर्नुहोस् प्रकाश 21:1
8
प्रकाश 21:2
अनि मैले परमेश्वरबाट दुलहाको निम्ति दुलही जस्तै गरी सिङ्गारिएर तयार पारिराखेकी, अर्थात् पवित्र सहर, नयाँ यरूशलेम स्वर्गबाट तलतिर झरिरहेको देखें।
अन्वेषण गर्नुहोस् प्रकाश 21:2
9
प्रकाश 21:23-24
त्यो सहर उज्यालो गराउन सूर्य र चन्द्रमाको खाँचो छैन, किनभने परमेश्वरको महिमा नै त्यसको उज्यालो हो। त्यहाँको बत्तीचाहिँ थुमा आफै हुनुहुन्छ। त्यहाँकै उज्यालोमा जाति-जातिहरू हिँड्डुल गर्नेछन्। पृथ्वीका राजाहरूले आफ्ना वैभव त्यसमा ल्याउनेछन्।
अन्वेषण गर्नुहोस् प्रकाश 21:23-24
होम
बाइबल
योजनाहरू
भिडियोहरू