1
प्रकाश 11:15
नेपाली नयाँ संशोधित संस्करण
अनि सातौँ स्वर्गदूतले आफ्नो तुरही फुके, र त्यसपछि स्वर्गमा यसो भन्ने ठूला-ठूला आवाज गुञ्जिए, “संसारको राज्य हाम्रा प्रभुको र उहाँका ख्रीष्टको राज्य भएको छ, अनि उहाँले सदासर्वदा राज्य गर्नुहुनेछ।”
तुलना
अन्वेषण गर्नुहोस् प्रकाश 11:15
2
प्रकाश 11:18
जाति-जातिहरू क्रुद्ध भए, तर तपाईंको क्रोध प्रकट भयो। मरेकाहरूका इन्साफको समय आयो, र तपाईंका दासहरू र अगमवक्ताहरू र सन्तहरूलाई र तपाईंका नाउँको डर मान्ने ठूला-सानाहरूलाई इनाम दिने समय, र पृथ्वीको विनाश गर्नेहरूलाई नाश गर्ने समय आयो।”
अन्वेषण गर्नुहोस् प्रकाश 11:18
3
प्रकाश 11:3
मेरा दुई साक्षीहरूलाई एक हजार दुई सय साठी दिनसम्म भाङ्ग्राको वस्त्र लाएर अगमवाणी बोल्ने शक्ति म दिनेछु।”
अन्वेषण गर्नुहोस् प्रकाश 11:3
4
प्रकाश 11:11
साढ़े तीन दिनपछि परमेश्वरबाट आएको जीवनको सास तिनीहरूभित्र पस्यो, र तिनीहरू आफ्ना गोडामा खड़ा भए, अनि तिनीहरूलाई देख्नेहरूमाथि ठूलो डर छायो।
अन्वेषण गर्नुहोस् प्रकाश 11:11
5
प्रकाश 11:6
तिनीहरूले अगमवाणी बोलेका दिनहरूमा पानी नपरोस् भनी आकाश बन्द गर्ने तिनीहरूसित शक्ति छ, र पानीहरूलाई रगत तुल्याउने र तिनीहरूलाई इच्छा लागेको बेलामा पृथ्वीमा हरकिसिमका विपत्ति ल्याउने तिनीहरूसित शक्ति छ।
अन्वेषण गर्नुहोस् प्रकाश 11:6
6
प्रकाश 11:4-5
पृथ्वीका प्रभुको सामुन्ने खड़ा रहेका जैतूनका दुई रूखहरू र दुई सामदानहरू यी नै हुन्। यदि कुनै मानिसले तिनीहरूलाई हानि गर्ने इच्छा गर्यो भने, तिनीहरूका मुखबाट निस्केको आगोले तिनीहरूका शत्रुहरूलाई नाश पार्नेछ। कुनै मानिसले तिनीहरूलाई हानि गर्ने इच्छा गर्यो भने त्यो त्यही किसिमले मारिनेछ।
अन्वेषण गर्नुहोस् प्रकाश 11:4-5
होम
बाइबल
योजनाहरू
भिडियोहरू