1
भजनसंग्रह 46:10
नेपाली नयाँ संशोधित संस्करण
“शान्त होओ, र म परमेश्वर हुँ भनी जान। जाति-जातिहरूमा म उचालिनेछु, पृथ्वीमा म उचालिनेछु।”
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 46:10
2
भजनसंग्रह 46:1-2
परमेश्वर हाम्रा शरणस्थान र शक्ति हुनुहुन्छ, सङ्कष्टमा सधैँ हाजिर रहने सहायता। यसकारण हामी डराउनेछैनौं, चाहे पृथ्वी उथलपुथल होस्, वा पर्वतहरू समुद्रको गर्भमा खसून्
अन्वेषण गर्नुहोस् भजनसंग्रह 46:1-2
3
भजनसंग्रह 46:4-5
एउटा नदी छ, जसका प्रवाहले परमेश्वरको नगर, अर्थात् सर्वोच्च वास गर्नुहुने पवित्र स्थानलाई हर्षित तुल्याउँछ। परमेश्वर त्यसभित्र हुनुहुन्छ, त्यो खस्नेछैन। झिसमिसेमै परमेश्वरले त्यसलाई सहायता गर्नुहुनेछ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 46:4-5
4
भजनसंग्रह 46:9
उहाँले पृथ्वीको पल्लो छेउसम्मै युद्धहरू रोक्नुहुन्छ। उहाँले धनु भाँच्नुहुन्छ, र भालाहरू टुक्रा-टुक्रा पार्नुहुन्छ, उहाँले ढालहरूलाई आगोले भस्म पार्नुहुन्छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 46:9
होम
बाइबल
योजनाहरू
भिडियोहरू