1
हितोपदेश 12:25
नेपाली नयाँ संशोधित संस्करण
चिन्तित हृदयले मानिसलाई कमजोर तुल्याउँछ, तर दयालु वचनले त्यसलाई हर्षित तुल्याउँछ।
तुलना
अन्वेषण गर्नुहोस् हितोपदेश 12:25
2
हितोपदेश 12:1
ताड़नालाई प्रेम गर्नेले ज्ञानलाई प्रेम गर्छ, तर सुधारलाई घृणा गर्ने व्यक्ति अबूझ हो।
अन्वेषण गर्नुहोस् हितोपदेश 12:1
3
हितोपदेश 12:18
असावधान वचनले मानिसलाई तरवारले झैँ घोच्छ, तर बुद्धिमान्को बोलीले निको पार्छ।
अन्वेषण गर्नुहोस् हितोपदेश 12:18
4
हितोपदेश 12:15
मूर्खको बाटो आफ्नो नजरमा ठीकै देखिन्छ, तर समझदार मानिसले अरूको सल्लाह सुन्छ।
अन्वेषण गर्नुहोस् हितोपदेश 12:15
5
हितोपदेश 12:16
मूर्खले आफ्नो रीस झट्टै पोखाउँछ, तर एक विवेकी मानिसले आफू अपमानित हुँदा, आँखा चिम्लिदिन्छ।
अन्वेषण गर्नुहोस् हितोपदेश 12:16
6
हितोपदेश 12:4
चरित्रवान् पत्नी आफ्ना पतिको मुकुट हो, तर अपमान ल्याउने पत्नीचाहिँ तिनका हड्डी सड़ेको जस्तै हो।
अन्वेषण गर्नुहोस् हितोपदेश 12:4
7
हितोपदेश 12:22
परमप्रभु झूटा ओठलाई घिनाउनुहुन्छ, तर उहाँ सत्यवादी मानिससँग प्रसन्न हुनुहुन्छ।
अन्वेषण गर्नुहोस् हितोपदेश 12:22
8
हितोपदेश 12:26
धर्मी मानिस आफ्नो मित्रतामा सचेत रहन्छ, तर दुष्टको बाटोले तिनीहरूलाई बरालिदिन्छ।
अन्वेषण गर्नुहोस् हितोपदेश 12:26
9
हितोपदेश 12:19
सत्य बोल्ने ओठ सधैँ स्थिर रहन्छन्, तर झूट बोल्ने जिब्रो केही क्षण मात्रै टिक्छ।
अन्वेषण गर्नुहोस् हितोपदेश 12:19
होम
बाइबल
योजनाहरू
भिडियोहरू