1
हितोपदेश 1:7-8
नेपाली नयाँ संशोधित संस्करण
परमप्रभुको भय नै ज्ञानको सुरु हो, तर मूर्खले बुद्धि र अनुशासनलाई तुच्छ ठान्दछ। हे मेरो छोरा, आफ्नो बुबाको आदेश सुन् र आफ्नी आमाको शिक्षा नत्याग्।
तुलना
अन्वेषण गर्नुहोस् हितोपदेश 1:7-8
2
हितोपदेश 1:32-33
आफ्नै मनमानीपनले गर्दा निर्बुद्धिहरू मर्नेछन्, र मूर्खहरूको आफ्नै निश्चिन्तताले तिनीहरूमाथि नाश आइपर्नेछ। तर मैले भनेको कुरा जस-जसले सुन्छन् तिनीहरू सुरक्षामा जिउनेछन्, र हानि-नोक्सानीको डरैविना ढुक्क रहनेछन्।”
अन्वेषण गर्नुहोस् हितोपदेश 1:32-33
3
हितोपदेश 1:5
बुद्धिमान्ले सुनून् र तिनीहरूको ज्ञान बढ़ोस्, र विवेकशील व्यक्तिलाई अगुवाइ मिलोस्
अन्वेषण गर्नुहोस् हितोपदेश 1:5
4
हितोपदेश 1:10
हे मेरो छोरा, यदि पापीहरूले तँलाई बहकाउन खोजे भने, तिनीहरूको बहकाउमा नलाग्।
अन्वेषण गर्नुहोस् हितोपदेश 1:10
5
हितोपदेश 1:1-4
दाऊदका छोरा इस्राएलका राजा सोलोमनका हितोपदेश: जसद्वारा मानिसहरूले बुद्धि र अनुशासन प्राप्त गर्नेछन्, अन्तर्दृष्टिका कुराहरू बुझ्नेछन्, एक अनुशासित र विवेकी जीवन जिउनेछन्, सोझाहरू विवेकशील बन्नेछन्, जवानहरूले ज्ञान र बुद्धि प्राप्त गर्नेछन्।
अन्वेषण गर्नुहोस् हितोपदेश 1:1-4
6
हितोपदेश 1:28-29
“तब तिनीहरू मलाई पुकार्नेछन्, तर म जवाफ दिनेछैन, तिनीहरूले मेरो खोजी गर्नेछन्, तर मलाई भेट्टाउनेछैनन्। तिनीहरूले ज्ञानलाई घृणा गरेका हुनाले, र परमप्रभुको भय मान्न नचाहेका हुनाले
अन्वेषण गर्नुहोस् हितोपदेश 1:28-29
होम
बाइबल
योजनाहरू
भिडियोहरू