1
गन्ती 14:9
नेपाली नयाँ संशोधित संस्करण
केवल परमप्रभुको विरुद्धमा खड़ा नहोओ। र त्यस देशका मानिसहरूसित नडराओ, किनकि उनीहरू त हाम्रा शिकार हुनेछन्। उनीहरूको सुरक्षा उनीहरूबाट हटिसकेको छ, तर परमप्रभु हामीतर्फ हुनुहुन्छ। उनीहरूसित नडराओ।”
तुलना
अन्वेषण गर्नुहोस् गन्ती 14:9
2
गन्ती 14:18
‘परमप्रभु रीस गर्नमा धैर्यवान् र अति करुणामय, अधर्म र अपराध क्षमा गर्ने, तर दोषीलाई कुनै रीतिले निर्दोष नठहराउने, पिता-पुर्खाका अधर्मको सजाय उनीहरूका तेस्रो र चौथो पुस्तासम्म पनि दिने हुनुहुन्छ।’
अन्वेषण गर्नुहोस् गन्ती 14:18
3
गन्ती 14:8
यदि परमप्रभु हामीसित प्रसन्न हुनुभयो भने, उहाँले हामीलाई त्यस देशमा ल्याउनुहुनेछ, र त्यो दूध र मह बग्ने देश हामीलाई दिनुहुनेछ।
अन्वेषण गर्नुहोस् गन्ती 14:8
4
गन्ती 14:24
तर मेरो दास कालेबमा अर्कै आत्मा छ, र त्यसले पूरै रीतिले मेरो अनुसरण गरेको छ। यसैकारण त्यो पसेर आएको देशमा म त्यसलाई लैजानेछु र त्यसका सन्तानले त्यो अधिकार गर्नेछन्।
अन्वेषण गर्नुहोस् गन्ती 14:24
5
गन्ती 14:28
तिनीहरूलाई भनिदेओ, ‘जस्तो म जीवित छु, परमप्रभु घोषणा गर्नुहुन्छ, मैले सुन्ने गरी तिमीहरूले जे-जे भनेका थियौ, म त्यही नै गर्नेछु।
अन्वेषण गर्नुहोस् गन्ती 14:28
6
गन्ती 14:11
अनि परमप्रभुले मोशालाई भन्नुभयो, “यी मानिसहरूले मलाई कतिसम्म तिरस्कार गरिरहनेछन्? यिनीहरूका बीचमा मैले गरेका चिन्हहरू देखेर पनि यिनीहरूले कतिसम्म ममाथि अविश्वास गर्नेछन्?
अन्वेषण गर्नुहोस् गन्ती 14:11
7
गन्ती 14:2
सबै इस्राएलीहरू मोशा र हारूनका विरुद्धमा गनगनाए, र सारा समुदायले तिनीहरूलाई भने, “हामी मिश्रदेशमा नै मरेका भए असल हुनेथियो, अथवा यस उजाड़-स्थानमा मरेका भए पनि हुन्थ्यो।
अन्वेषण गर्नुहोस् गन्ती 14:2
8
गन्ती 14:6-7
देशको भेद लिन गएकाहरूमध्येका नूनका छोरा यहोशू र यपुन्नेका छोरा कालेबले आ-आफ्ना लुगा च्याते, र इस्राएलीहरूका सारा समुदायलाई तिनीहरूले भने, “हामी भेद लिन गएको देश अत्यन्तै असल देश छ।
अन्वेषण गर्नुहोस् गन्ती 14:6-7
9
गन्ती 14:21-23
तापनि, जस्तो म जीवित छु र जसरी मेरो महिमाले पृथ्वी भरिएको छ, मिश्र र उजाड़-स्थानमा मेरा महिमा र आश्चर्यकर्महरू देखेर पनि अनाज्ञाकारी भई दश पल्ट मेरो जाँच गर्ने यी सारा मानिसहरूले तिनीहरूका पुर्खाहरूलाई शपथ खाएर भनेको प्रतिज्ञाको देश देख्नेछैन। मलाई तिरस्कार गर्नेले त्यो कहिल्यै देख्नेछैन।
अन्वेषण गर्नुहोस् गन्ती 14:21-23
होम
बाइबल
योजनाहरू
भिडियोहरू