1
मत्ती 7:7
नेपाली नयाँ संशोधित संस्करण
“माग त तिमीहरूलाई दिइनेछ, खोज त तिमीहरूले भेट्टाउनेछौ, ढकढक्याओ त तिमीहरूका निम्ति उघारिनेछ।
तुलना
अन्वेषण गर्नुहोस् मत्ती 7:7
2
मत्ती 7:8
किनकि जसले माग्छ, त्यसले पाउँछ, जसले खोज्छ, त्यसले भेट्टाउँछ, जसले ढकढक्याउँछ, त्यसको निम्ति ढोका उघारिनेछ।
अन्वेषण गर्नुहोस् मत्ती 7:8
3
मत्ती 7:24
“यसकारण जसले मेरा यी वचन सुन्छ र पालन गर्छ, म एक जना बुद्धिमान् मानिससँग त्यसको तुलना गर्छु, जसले आफ्नो घर चट्टानमाथि बनायो।
अन्वेषण गर्नुहोस् मत्ती 7:24
4
मत्ती 7:12
मानिसहरूले तिमीहरूसँग जस्तो व्यवहार गरून् भन्ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूसँग त्यस्तै व्यवहार गर, किनभने यही नै व्यवस्था र अगमवक्ताका शिक्षाको सारांश हो।
अन्वेषण गर्नुहोस् मत्ती 7:12
5
मत्ती 7:14
किनभने जीवनमा पुर्याउने ढोका साँघुरो हुन्छ र बाटो कठिन हुन्छ, जसले चाहिँ जीवनमा पुर्याउँछ, र त्यो भेट्टाउने थोरै नै हुन्छन्।
अन्वेषण गर्नुहोस् मत्ती 7:14
6
मत्ती 7:13
“साँघुरो ढोकाबाट भित्र पस, किनभने विनाशमा पुर्याउने ढोका फराकिलो र बाटो सजिलो हुन्छ, र यसबाट भित्र पस्नेहरू धेरै हुन्छन्।
अन्वेषण गर्नुहोस् मत्ती 7:13
7
मत्ती 7:11
यसकारण तिमीहरू दुष्ट भएर आफ्ना छोराछोरीहरूलाई असल चीज दिन जान्दछौ भने, स्वर्गमा हुनुहुने तिमीहरूका पिताले उहाँसित माग्नेहरूलाई कति बढ़ी गरेर असल चीज दिनुहुनेछ।
अन्वेषण गर्नुहोस् मत्ती 7:11
8
मत्ती 7:1-2
“अरूलाई दोषी नठहराओ, र तिमीहरू पनि दोषी ठहराइनेछैनौ। किनभने जसरी तिमीहरू अरूहरूलाई दोषी ठहराउँछौ, त्यसरी नै तिमीहरू पनि दोषी ठहराइनेछौ। जुन नापले तिमीहरू नाप्तछौ, त्यसै गरी तिमीहरूका निम्ति पनि नापिनेछ।
अन्वेषण गर्नुहोस् मत्ती 7:1-2
9
मत्ती 7:26
जसले मेरा यी वचन सुनेर पनि पालन गर्दैन, त्यसको तुलना एउटा मूर्ख मानिससँग गरिन्छ, जसले आफ्नो घर बालुवामाथि बनायो।
अन्वेषण गर्नुहोस् मत्ती 7:26
10
मत्ती 7:3-4
“किन तिमी आफ्नो भाइको आँखामा भएको धूलोको कण देख्तछौ, तर तिम्रो आफ्नै आँखामा भएको मूढ़ाचाहिँ थाहा पाउँदैनौ? अथवा तिम्रो आफ्नै आँखामा मूढ़ा छ भने कसरी तिमी तिम्रो भाइलाई भन्न सक्छौ, ‘मलाई तिम्रो आँखाबाट धूलोको कण निकाल्न देऊ।’
अन्वेषण गर्नुहोस् मत्ती 7:3-4
11
मत्ती 7:15-16
“झूटा अगमवक्ताहरूदेखि होशियार बस, जो तिमीहरूकहाँ भेड़ाको भेषमा आउँछन्, तर भित्रपट्टि चाहिँ डरलाग्दा ब्वाँसाहरूजस्ता हुन्छन्। तिनीहरूका फलबाट तिमीहरूले तिनीहरूलाई चिन्नेछौ। के काँढ़ाका बोटबाट अंगूर अथवा सिउँड़ीबाट अञ्जीर टिपिन्छ र?
अन्वेषण गर्नुहोस् मत्ती 7:15-16
12
मत्ती 7:17
त्यसै गरी हरेक असल रूखले असल फल फलाउँछ। तर खराब रूखले खराब फल फलाउँछ।
अन्वेषण गर्नुहोस् मत्ती 7:17
13
मत्ती 7:18
असल रूखले खराब फल फलाउन सक्दैन, न त खराब रूखले असल फल फलाउन सक्तछ।
अन्वेषण गर्नुहोस् मत्ती 7:18
14
मत्ती 7:19
असल फल नफलाउने हरेक रूख काटी ढालिन्छ, र आगोमा फालिन्छ।
अन्वेषण गर्नुहोस् मत्ती 7:19
होम
बाइबल
योजनाहरू
भिडियोहरू