1
मत्ती 18:20
नेपाली नयाँ संशोधित संस्करण
किनकि जहाँ दुई कि तीन जना मेरो नाउँमा भेला हुन्छन्, त्यहाँ म तिनीहरूका माझमा हुनेछु।”
तुलना
अन्वेषण गर्नुहोस् मत्ती 18:20
2
मत्ती 18:19
“फेरि म तिमीहरूलाई भन्दछु, पृथ्वीमा तिमीहरूमध्ये दुई जना कुनै कुरामा सहमत भई केही माग्यौ भने, त्यो स्वर्गका मेरा पिताद्वारा तिमीहरूका निम्ति हुनेछ
अन्वेषण गर्नुहोस् मत्ती 18:19
3
मत्ती 18:2-3
उहाँले एउटा सानो बालकलाई नजिक बोलाएर तिनीहरूका माझमा उभ्याउनुभयो, र भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, मन परिवर्तन भएर तिमीहरू साना बालकहरूजस्ता भएनौ भने कहिल्यै स्वर्गको राज्यमा पस्नेछैनौ।
अन्वेषण गर्नुहोस् मत्ती 18:2-3
4
मत्ती 18:4
जसले यो सानो बालकजस्तै आफूलाई नम्र तुल्याउँछ, त्यही स्वर्गको राज्यमा सबैभन्दा महान् हुनेछ।
अन्वेषण गर्नुहोस् मत्ती 18:4
5
मत्ती 18:5
जसले मेरो नाउँमा एउटा यस्तो बालकलाई ग्रहण गर्छ, त्यसले मलाई ग्रहण गर्छ।
अन्वेषण गर्नुहोस् मत्ती 18:5
6
मत्ती 18:18
“साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले पृथ्वीमा जे बाँध्छौ, त्यो स्वर्गमा बाँधिनेछ। अनि तिमीहरूले पृथ्वीमा जे फुकाउँछौ त्यो स्वर्गमा फुकाइनेछ।
अन्वेषण गर्नुहोस् मत्ती 18:18
7
मत्ती 18:35
“तिमीहरूले आफ्नो भाइलाई आफ्नो हृदयदेखि क्षमा गरेनौ भने, स्वर्गमा हुनुहुने मेरा पिताले पनि तिमीहरूसँग त्यसै गर्नुहुनेछ।”
अन्वेषण गर्नुहोस् मत्ती 18:35
8
मत्ती 18:6
“तर जसले ममाथि विश्वास गर्ने यी सानाहरूमध्ये एक जनालाई पाप गर्न लाउँछ, बरु त्यसको गलामा ठूलो जाँतोको ढुङ्गा बाँधेर त्यसलाई गहिरो समुद्रमा डुबाइदिनु असल हुन्छ।
अन्वेषण गर्नुहोस् मत्ती 18:6
9
मत्ती 18:12
“तिमीहरू के विचार गर्छौ? कोही मानिसका सय भेड़ामा एउटा भड्केर गयो भने, उसले उनान्सय वटालाई छोड़ेर पर्वत हुँदो गएर त्यस भड्केर जाने एउटालाई खोजी गर्न जाँदैन र?
अन्वेषण गर्नुहोस् मत्ती 18:12
होम
बाइबल
योजनाहरू
भिडियोहरू