1
लूका 14:26
नेपाली नयाँ संशोधित संस्करण
“यदि कोही मकहाँ आउँछ, र आफ्ना बुबा, आमा, पत्नी, छोरा-छोरीहरू र दाजुभाइ, दिदी-बहिनीहरूलाई र आफ्नै प्राणलाई समेत तुच्छ ठान्दैन भने, त्यो मेरो चेला हुन सक्दैन।
तुलना
अन्वेषण गर्नुहोस् लूका 14:26
2
लूका 14:27
जुन व्यक्ति आफ्नो क्रूस बोकेर मेरो पछि लाग्दैन, त्यो मेरो चेला हुन सक्दैन।
अन्वेषण गर्नुहोस् लूका 14:27
3
लूका 14:11
किनकि हरेक जसले आफूलाई उच्च तुल्याउँछ, त्यो होच्याइनेछ, र आफूलाई होच्याउनेचाहिँ उच्च पारिनेछ।”
अन्वेषण गर्नुहोस् लूका 14:11
4
लूका 14:33
यसकारण तिमीहरूमध्ये जसले आफूसित भएका सबै थोक त्याग्दैन, त्यो मेरो चेला हुन सक्दैन।
अन्वेषण गर्नुहोस् लूका 14:33
5
लूका 14:28-30
“तिमीहरूमध्ये कसैले एउटा धरहरा बनाउने इच्छा गर्छ भने, त्यो धरहरा बनाई सिद्धयाउने खर्च आफूसित छ कि छैन भनी के त्यसले पहिले नै बसेर हिसाब लाउँदैन र? नत्र भने त्यसले जग बसालेपछि सिद्धयाउन सकेन भने, देख्नेहरू सबैले यसो भनेर त्यसको गिल्ला गर्न लाग्नेछन्, ‘यस मानिसले बनाउन त थाल्यो तर सिद्ध्याउन सकेन।’
अन्वेषण गर्नुहोस् लूका 14:28-30
6
लूका 14:13-14
तर तिमीले भोज लगाउँदा, गरीब, लुला, लङ्गड़ा, अन्धाहरूलाई बोलाऊ, र तिमीले आशिष् पाउनेछौ, किनकि तिनीहरूले तिम्रो गुण फर्काउन सक्दैनन्। तर मृत्युबाट धर्मीहरूको पुनरुत्थान हुँदा तिमीले यसको प्रतिफल पाउनेछौ।”
अन्वेषण गर्नुहोस् लूका 14:13-14
7
लूका 14:34-35
“नून असल हो, तर नून अलिनो भयो भने केले त्यो नुनिलो हुने? त्यो न त जमिनको निम्ति न खादको निम्ति काम लाग्ने हुन्छ। मानिसहरूले त्यसलाई मिल्काइदिन्छन्। जसको सुन्ने कान छ, त्यसले सुनोस्।”
अन्वेषण गर्नुहोस् लूका 14:34-35
होम
बाइबल
योजनाहरू
भिडियोहरू